अचेल के देख्छु सपनीमा डराउछ मन
उता प्यारी एक्लै छिन कराउछ मन
सँगै बिताएका क्षण घुम्छ नजर वरिपरि
याद बाँच्ने साहारामा, हराउँछ मन
देब्रे मुटु चस्कीन्छ जब देख्दा तस्वीर तिम्रो
त्यतिनै बेला मुर्छा पर्छु तव चराउछ मन
नियतिकै खेल हो भेटिने र छुटिने साथ
त्यसै भन्दै एक्लै आफ्नो कसाउँछ मन
न मरे बाँचे भेट कसो नहोला र सानु
यसो भन्दै सार्ह्रै तल खसाउछ मन
रामकृष्ण पौडेल”अनयास”
गजलकुन्ज, चितवन