Skip to content

खै त कहाँ गयो फेरि हाम्रो संविधान


खै त कहाँ गयो फेरि हाम्रो संविधान
कहिले बन्ला समावेसी राम्रो संविधान ।

नेताहरू कहिलेसम्म गर्छौ गफ मात्र
बनाउन कति गार्‍हो चाम्रो संविधान ।

टाँसिएको टाँसिएकै भयो खोटो जस्तै
उप्काउन सकिएन माम्रो संविधान ।

शान्ति पनि भागि गई यहाँ देशैबाट
भाँचिएको देशलाई छैन काम्रो संविधान ।।

1 thought on “खै त कहाँ गयो फेरि हाम्रो संविधान”

  1. Srijanajiko kabita study
    Srijanajiko kabita study gare, kabitako lagi thanks. Samasamayik bisayaka words harule Nepali janatako pratinidhityo gareko thanda6u, kalamharu chalirahun safaltako suvakamana.

Leave a Reply

Your email address will not be published. Required fields are marked *