Skip to content

शराब पिई जिउँदैछु

  • by


शराब पिई जिउँदैछु, नशाहरूमा नशा भरेर
फाटेको मन सिउँदैछु, नशाहरूमा नशा भरेर

लागेर बस्यो ओझेल याँ, खुशीका मिठा लहरहरू,
प्यालामा आशु पिउँदैछु, नशाहरूमा नशा भरेर

व्यथाले दुख्दा छाती माझ, असह्य हुन्छ पीडाहरू
बेहोसी बनी छाउँदैछु, नशाहरूमा नशा भरेर

यथार्थ टाढा क्षितिजमा, भेट्ने रहर अधुरो रह्यो,
सपनी भरि धाउँदैछु, नशाहरूमा नशा भरेर

डुबेछु म त सोच भित्र, कति गहिराइ रै’छ त्याँ,
स्वर्गको खुसी पाउँदैछु, नशाहरूमा नशा भरेर ।

कल्पना राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *