Skip to content


नरनारी हामीसँग हुन्छ राप ताप प्रिया
जीवनको हरपल साथी ताप राप प्रिया

घरजम गरे पछि हुन्छ खासखुस सधैं
त्यतिबेला हाँसी हाँसी गरौं वार्तालाप प्रिया

मोहनीको रूप देख्दा बोल्छ तन भरि आगो
अग्निसुधा बर्षिन्छ त मारिदिन्छु धाप प्रिया

खुसी हुन्छिन् उनी पनि ममताको मुस्कान छाड्दै
तिम्रो मेरो जोडी बीच छैन अभिशाप प्रिया

जव हामी मख्ख पछौ आँफै मानै डुब्ने गर्छौ
त्यति बेला सर्वश्वको छोडी दिन्छौ माप प्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *