Skip to content


समीक्ष्य कथासङ्ग्रहमा तेह्र जना नेपाली कथाकारहरूको कथा सङ्कलित गरेर सम्पादक किरण रिमालले पाँच पोखरी बुक स्टोरबाट प्रकाशित गराएर प्रशंसनीय काम गर्नु भएको छ । यसअघि रत्न पुस्तक भण्डारले पनि ‘प्रतिनिधि-यौन कथा’ प्रकाशित गरिसकेको छ तर यहाँ मेरो उद्देश्य यी दुईटै कथासङ्ग्रहको तुलनात्मक मूल्याङ्कन गर्ने होइन । मेरो उद्देश्य चर्चित नेपाली यौन कथा भाग १ को समीक्षात्मक परिचय प्रस्तुत गर्नु हो ।

समीक्ष्य कथासङ्ग्रहमा भवानी भिक्षु, विश्वेश्वर प्र. कोइराला, गोविन्दबहादुर ‘गोठाले’, तारिणी प्र. कोइराला, विजय मल्ल, दौलत विक्रम विष्ट, तेजबहादुर प्रसाई, पोषण पाण्डे, कुमार नेपाल, माधव भँडारी, पुष्कर लोहनी, विश्वभ्मर चञ्चल र मनु ब्राजाकीका यौनप्रधान कथाहरू सङ्कलित छन् । यी स्वनामधन्य कथाकारहरूको कथा संसारमा यौनिक आकर्षण र पुट प्रशस्त पाइन्छ । यी कथाकारहरू यौनमा केन्द्रित भएर लेख्ने प्रख्यात कथाकारहरू हुन् र यिनको नाम नेपाली कथा संसारमा स्वर्णाक्षरमा अङ्कित भइसकेको छ ।

सर्वप्रथम सुप्रसिद्ध कथाकार भवानी भिक्षुद्वारा लिखित कथा ‘पाइप’ को बारेमा सङ्क्षिप्त टिप्पणी गर्नु यहाँ सान्दर्भिक होला । कथाकारको कथनबाट नै यस कथाको मुख्य कथ्य उद्घाटित भएको पाठकले पत्तो पाउँछन् जस्तो ‘योनि-भोग मेरो लागि कुनै यान्त्रिक सञ्चालन मात्रै भएको छ ।’ पृ ०८।

अर्को कुरो के पनि प्रष्ट हुन्छ भने आफ्नै नजिकका नातेदारहरूबाट धेरै जसो केटीहरू सम्भोगमा संलग्न हुने मौका पाउँछन् र यसको मुख्य कारण पैसाको प्रलोभन हो तर यो प्रलोभनको रूप परिवर्तित हुन्छ फैसनमा । एउटा साडीको प्रलोभनमा यस कथामा वणिर्त युवतीको कौमार्य भङ्ग हुन्छ र पछि त उसको योनि नै पाइपमा परिणत हुन्छ जहाँ कथाकारको शब्दमा भन्दा ‘साँच्चै भनूँ भने अहिले म एउटा ‘पाइप’ बन्न गएकी छु, जुन ‘पाइप’ मा मानिसको केवल कुत्सा प्रवाहित भई बगिरहेको छ ।’ पृ. ०८ । यस कथाको शीर्षक पनि सुविचारित र सान्दर्भिक हुन गएको छ ।

विशेश्वरप्रसाद कोइरालाको ‘चन्द्रवदन’ शीर्षक कथामा अव्यक्त यौनको कथा अभिव्यक्त भएको पाइन्छ । चन्द्रवदनको मन र मनोविज्ञानको राम्रो वर्णन छ । पतिको वियोगमा सुरूमा पर पुरुषप्रति वितृष्णा तर अन्त्यमा उसप्रतिको आशक्ति एवम् अनुरागको अभिव्यक्ति पाइन्छ । लोग्ने मानिसप्रतिको उसको अभिव्यक्ति ‘लोग्ने मानिसको जातै यस्तै हो’ पृ. ०११। लाई थेगोको रूपमा लिइएको छ तर चन्द्रवदनको यौनविज्ञान र मनौवैज्ञानिक अभिज्ञानको राम्रो चित्रण भएको पाइन्छ । गोविन्दबहादुर मल्ल ‘गोठाले’ले आफ्नो कथा ‘बिहे’ मा केन्द्रित यौन मनोग्रन्थी र गाँठोको लालित्यपूर्ण वर्णन गर्नु भएको छ । बिहेभन्दा पूर्वको कुमार एवम् कोमल यौन भावनाको राम्रो अभिव्यक्ति पाइन्छ । वीरे र जेठो खत्रीको अव्यक्त यौन भावना जुन भुण्टीप्रति छ त्यसको रमाइलो वर्णन गर्दा गर्दै वीरे र भुण्टीबीचको रसरागको रसिलो चित्र कोर्नमा सफल हुनुभएको छ र संयत ढङ्गबाट सम्भोगिक क्रियाकलापलाई उजागर गर्नु भएको छ । तारिणी प्र.कोइरालाको आफ्नो रातो स्वेटर कथामा विवाहित विष्णुप्रसादको अतृप्त यौन भावनाको खुलासा गर्नु भएको छ । उसकी एक तर्फी प्रेमिकाको रातो स्वेटरमा मख्ख विष्णुप्रसादको कुण्ठित यौनभावनाको रमाइलो वर्णन गरिएको छ । उनी चाँदप्रति कतिसम्म लहसिएको थियो भने आफ्नो लालसापूर्तिको लागि आफ्नो छोराको बिहे चाँदको मृत्युपछि उसकी छोरीसँग छिनोफानो गरेर आफ्नो त्यो अतृप्त कामवासनाको क्षतिपूर्ति गर्न पुगेको छ । यो एउटा बेजोड मनोवैज्ञानिक र यौनिक पृष्ठभूमिमा लखिएको उत्कृष्ट कथा हो र शीर्षक पनि सर्वथा उपयुक्त छ ।

विजय मल्लको ‘कालो चस्मा’ शीर्षकमा एउटी विवाहित पत्नी परपुरुषसँग सुतेको कामुक दृश्यको भावुक चित्रण गर्नु भएको छ । नैतिकताको सम्पूर्ण आदर्शलाई तिलाञ्जलि दिँदै चुपचाप टुलुटुलुमा हेर्नुबाहेक अर्को केही प्रतिक्रिया नदिनु सामाजिक स्वीकृतिको पृष्ठपोषण गर्नु भएको छ । उहाँको शब्दमा “म आफ्नै विवाहित स्वास्नीलाई परपुरुषसँग अनैतिक रूपले सम्बन्ध जोडेर आफ्नै सामुन्ने त्यसरी निर्लज्जतापूर्वक सुतिरहेको हेर्दैछु ।’ मैले यसलाई अनुचित सम्झनु पर्दछ । यस्तो निन्दनीय कार्यको लागि ममा रिस, राग, द्वेष र प्रतिशोधको तीब्र भावना जाग्नुपर्दछ ।’ पृ ०४०। दौलतविक्रम विष्टको कथा ‘एक साँझ’ मा कथानायक निरंजन स्वास्नी मानिसप्रतिको आकर्षणको अभिव्यक्ति अभिनन्दनीय मान्न सकिन्छ । पुरुषको मनोविज्ञानका वेत्ताका रूपमा उसको आन्तरिक अभिलाषा प्रकट भएको पाइन्छ ।

तेजबहादुर प्रसाईका धेरै यौनकथाहरू प्रकाशित नभए पनि उहाँको ‘लभको धुनमा’ एउटा उत्कृष्ट यौनकथामा गन्न सकिन्छ । एउटी शिक्षिका र शिष्यबीचको यौन समागमको राम्रो कथा हो जहाँ शिक्षिकाले पढाइको साथसाथै संभोगको तौर तरिका र आसन पनि सिकाउन पछि पर्दिन् । मंगला दिदी र मोहनबीचको यौनाकर्षण मात्र होइन यौनसमागमको रमाइलो वर्णन पाइन्छ । पोषण पाण्डे ‘आफ्नो कथा हर्के तामाङको संस्मरण’ शीर्षकमा चौतीस वर्षीया विधवा मैयाँ नानी र हर्के तामाङको यौन आकर्षणलाई संस्मरणको रूपमा उतार्न सफल हुनुभएको छ । एउटी अधवैंसी आइमाईको अतृप्त यौनेच्छालाई राम्ररी चित्रण गर्नु भएको छ । कुमार नेपालको ‘शङ्खको एकोहोरो आवाज’ मा यौनको गन्धको मादक वर्णन पाइन्छ । उहाँले विभिन्न आइमाईहरू जस्तो मेम, गुरुङसिनी, ज्यापुनी बाहुनी र अविवाहिता आइमाईको आकर्षक गन्ध र तरुणीहरूको गन्धको मानौ पारखी नै हुनुहुन्छ । न पत्याए हेर्नुस् ‘उफ ! मेरो नाकमा यसरी गन्ध किन आइरहेको होला ।’ पृ ०७१।

माधव भण्डारीको कथा ‘सुनौला हाटको एक साँझ’ एउटा स्तरीय कथा हुन् जसमा ‘यौवनको उद्वेग नै सबभन्दा ठूलो परिचय हो । चुम्बकले फलाम देखेपछि चिनारी गरिरहनु पर्दैन पृ. ०७५।

दाजु बहिनीको साइनो जोडेर पनि यौन क्रिया सम्पन्न गर्ने व्यक्तिहरूप्रतिको व्यङ्ग्यात्मक सम्बन्धलाई उजागर गरिएको छ । दाजु र बहिनीको सम्बन्धलाई बदनाम गर्ने, जग हँसाई गर्ने कुरो मस्ती र रोमान्सको दुनियाँसँग जोडिएको र जुन समाज स्वीकृत हुन सक्दैन । दाजु र बहिनीको बनावटी सम्बन्ध स्थापित गरेर संभोग गर्ने कुराको प्रकटीकरण गरिएको छ ।

पुष्कर लोहनीको ‘नाङ्गो अस्तित्व’ शीर्षक कथा पनि यौनकथाको एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गर्दछ । पुष्कर लोहनी यौनवादी कथाकारमा आफ्नो पुस्तामा परिगणनीय नाम हो, होटलमा हुने यौनाचार र डलरको आकर्षण तथा एचआईभी एड्सको परवाह पनि गरिँदैन । रक्सी रण्डीको नाता नङ र मासु जस्तोको हुन्छ । यौन छताछुल्लमा भएर छचल्किएको छ । ‘त्यतिको रक्सी खुवाएर मलाई नङ्ग्याउन खोजेको तिमीले ? फेर्ने लुगा छैन । पेटीकोट सब भिजिसकेको छ ।’ पृ ०८९।

विश्वम्भर चञ्चलको ‘लिङ्ग’ शीर्षक कथा लामो छ । उहाँकी नायिकाको निष्कर्ष छ भने लिङ्गबाट गर्दा नै धुजा धुजा पारिसके मेरो यौनिलाई लोग्ने मान्छेले स्वास्नेमान्छेलाई अपराध गर्ने, बरबाद गर्ने कारण नै त्यई भाँडो हो । त्यई भाँडो मात्तिएर नै लोग्ने मान्छेहरूबाट यी सबै अपराधहरू हुन्छन् ।’ पृ १०५।

मनु ब्राजाकी आफ्नो कथा ‘करुणामय’ शीर्षकमा बूढी आमा र ग्राहकको यौन उन्मादपूर्ण संवादद्वारा आफ्नो कथामा सरसर्ती थप्नु भएको छ । प्रहरी नै ग्राहक भएर रण्डी कोठामा चुरोट र रक्सीको भरमा नारी देहको मौज मज्जा गरेर कोठाको कति हो सोध्दा भन्छिन्, ‘तपाईंलाई कोठाको पैसा लाग्दैन । आजको रात यो कोठा र म तपाईंकी हुँ । पृ. ११२।

निष्कर्षरूपमा के भन्न सकिन्छ भने यसमा सबै सङ्कलित कथाहरू यौन प्रधान हुन तर केही कथाहरूमा यौन उछृङ्खलताको खुलमखुला वर्णन गर्दा श्लीलताको सीमा नाघ्न पुगेको छ । यौन जीवनको लागि आवश्यक हो । स्वस्थ यौन सभ्यताको प्रतीक हो । यो संयमित यौन सुन्दर भन्न सकिन्छ तर कुनै कुनै कथामा यौन अश्लील पनि हुन गएको छ । भाषाशैली पनि राम्रो हो तर अहिलेको भाषा वैज्ञानिकहरूका लागि एउटा चुनौती पनि हो । अहिले यौनकथाको ‘मार्केट’छ । यसको बजारीकरण र व्यवसायीकरण पनि हुँदैछ । पाठकहरूलाई पनि मनोरञ्जन सस्तो मनोरञ्जन गर्नका लागि केही कथाहरू भरपूर्ण सामग्री पेस गर्छन् । समग्रमा भन्दा समीक्षा कथासङ्ग्रह पठनीय र सङ्ग्रहणीय छ ।

मधुपर्क जेठ, २०६९

1 thought on “चर्चित नेपाली यौनकथा”

  1. ma
    समीक्ष्य कथासङ्ग्रहमा तेह्र जना नेपाली कथाकारहरूको कथा सङ्कलित गरेर सम्पादक किरण रिमालले पाँच पोखरी बुक स्टोरबाट प्रकाशित गराएर प्रशंसनीय काम गर्नु भएको छ । यसअघि रत्न पुस्तक भण्डारले पनि ‘प्रतिनिधि-यौन कथा’ प्रकाशित गरिसकेको छ तर यहाँ मेरो उद्देश्य यी दुईटै कथासङ्ग्रहको तुलनात्मक मूल्याङ्कन गर्ने होइन । मेरो उद्देश्य चर्चित नेपाली यौन कथा भाग १ को समीक्षात्मक परिचय प्रस्तुत गर्नु हो ।

    समीक्ष्य कथासङ्ग्रहमा भवानी भिक्षु, विश्वेश्वर प्र. कोइराला, गोविन्दबहादुर ‘गोठाले’, तारिणी प्र. कोइराला, विजय मल्ल, दौलत विक्रम विष्ट, तेजबहादुर प्रसाई, पोषण पाण्डे, कुमार नेपाल, माधव भँडारी, पुष्कर लोहनी, विश्वभ्मर चञ्चल र मनु ब्राजाकीका यौनप्रधान कथाहरू सङ्कलित छन् । यी स्वनामधन्य कथाकारहरूको कथा संसारमा यौनिक आकर्षण र पुट प्रशस्त पाइन्छ । यी कथाकारहरू यौनमा केन्दि्रत भएर लेख्ने प्रख्यात कथाकारहरू हुन् र यिनको नाम नेपाली कथा संसारमा स्वर्णाक्षरमा अङ्कित भइसकेको छ ।

    सर्वप्रथम सुप्रसिद्ध कथाकार भवानी भिक्षुद्वारा लिखित कथा ‘पाइप’ को बारेमा सङ्क्षिप्त टिप्पणी गर्नु यहाँ सान्दर्भिक होला । कथाकारको कथनबाट नै यस कथाको मुख्य कथ्य उद्घाटित भएको पाठकले पत्तो पाउँछन् जस्तो ‘योनि-भोग मेरो लागि कुनै यान्त्रिक सञ्चालन मात्रै भएको छ ।’ पृ ०८।

    अर्को कुरो के पनि प्रष्ट हुन्छ भने आफ्नै नजिकका नातेदारहरूबाट धेरै जसो केटीहरू सम्भोगमा संलग्न हुने मौका पाउँछन् र यसको मुख्य कारण पैसाको प्रलोभन हो तर यो प्रलोभनको रूप परिवर्तित हुन्छ फैसनमा । एउटा साडीको प्रलोभनमा यस कथामा वणिर्त युवतीको कौमार्य भङ्ग हुन्छ र पछि त उसको योनि नै पाइपमा परिणत हुन्छ जहाँ कथाकारको शब्दमा भन्दा ‘साँच्चै भनूँ भने अहिले म एउटा ‘पाइप’ बन्न गएकी छु, जुन ‘पाइप’ मा मानिसको केवल कुत्सा प्रवाहित भई बगिरहेको छ ।’ पृ. ०८ । यस कथाको शीर्षक पनि सुविचारित र सान्दर्भिक हुन गएको छ ।

    विशेश्वरप्रसाद कोइरालाको ‘चन्द्रवदन’ शीर्षक कथामा अव्यक्त यौनको कथा अभिव्यक्त भएको पाइन्छ । चन्द्रवदनको मन र मनोविज्ञानको राम्रो वर्णन छ । पतिको वियोगमा सुरूमा पर पुरुषप्रति वितृष्णा तर अन्त्यमा उसप्रतिको आशक्ति एवम् अनुरागको अभिव्यक्ति पाइन्छ । लोग्ने मानिसप्रतिको उसको अभिव्यक्ति ‘लोग्ने मानिसको जातै यस्तै हो’ पृ. ०११। लाई थेगोको रूपमा लिइएको छ तर चन्द्रवदनको यौनविज्ञान र मनौवैज्ञानिक अभिज्ञानको राम्रो चित्रण भएको पाइन्छ । गोविन्दबहादुर मल्ल ‘गोठाले’ले आफ्नो कथा ‘बिहे’ मा केन्दि्रत यौन मनोग्रन्थी र गाँठोको लालित्यपूर्ण वर्णन गर्नु भएको छ । बिहेभन्दा पूर्वको कुमार एवम् कोमल यौन भावनाको राम्रो अभिव्यक्ति पाइन्छ । वीरे र जेठो खत्रीको अव्यक्त यौन भावना जुन भुण्टीप्रति छ त्यसको रमाइलो वर्णन गर्दा गर्दै वीरे र भुण्टीबीचको रसरागको रसिलो चित्र कोर्नमा सफल हुनुभएको छ र संयत ढङ्गबाट सम्भोगिक क्रियाकलापलाई उजागर गर्नु भएको छ । तारिणी प्र.कोइरालाको आफ्नो रातो स्वेटर कथामा विवाहित विष्णुप्रसादको अतृप्त यौन भावनाको खुलासा गर्नु भएको छ । उसकी एक तर्फी प्रेमिकाको रातो स्वेटरमा मख्ख विष्णुप्रसादको कुण्ठित यौनभावनाको रमाइलो वर्णन गरिएको छ । उनी चाँदप्रति कतिसम्म लहसिएको थियो भने आफ्नो लालसापूर्तिको लागि आफ्नो छोराको बिहे चाँदको मृत्युपछि उसकी छोरीसँग छिनोफानो गरेर आफ्नो त्यो अतृप्त कामवासनाको क्षतिपूर्ति गर्न पुगेको छ । यो एउटा बेजोड मनोवैज्ञानिक र यौनिक पृष्ठभूमिमा लखिएको उत्कृष्ट कथा हो र शीर्षक पनि सर्वथा उपयुक्त छ ।

    विजय मल्लको ‘कालो चस्मा’ शीर्षकमा एउटी विवाहित पत्नी परपुरुषसँग सुतेको कामुक दृश्यको भावुक चित्रण गर्नु भएको छ । नैतिकताको सम्पूर्ण आदर्शलाई तिलाञ्जलि दिँदै चुपचाप टुलुटुलुमा हेर्नुबाहेक अर्को केही प्रतिक्रिया नदिनु सामाजिक स्वीकृतिको पृष्ठपोषण गर्नु भएको छ । उहाँको शब्दमा “म आफ्नै विवाहित स्वास्नीलाई परपुरुषसँग अनैतिक रूपले सम्बन्ध जोडेर आफ्नै सामुन्ने त्यसरी निर्लज्जतापूर्वक सुतिरहेको हेर्दैछु ।’ मैले यसलाई अनुचित सम्झनु पर्दछ । यस्तो निन्दनीय कार्यको लागि ममा रिस, राग, द्वेष र प्रतिशोधको तीब्र भावना जाग्नुपर्दछ ।’ पृ ०४०। दौलतविक्रम विष्टको कथा ‘एक साँझ’ मा कथानायक निरंजन स्वास्नी मानिसप्रतिको आकर्षणको अभिव्यक्ति अभिनन्दनीय मान्न सकिन्छ । पुरुषको मनोविज्ञानका वेत्ताका रूपमा उसको आन्तरिक अभिलाषा प्रकट भएको पाइन्छ ।

    तेजबहादुर प्रसाईका धेरै यौनकथाहरू प्रकाशित नभए पनि उहाँको ‘लभको धुनमा’ एउटा उत्कृष्ट यौनकथामा गन्न सकिन्छ । एउटी शिक्षिका र शिष्यबीचको यौन समागमको राम्रो कथा हो जहाँ शिक्षिकाले पढाइको साथसाथै संभोगको तौर तरिका र आसन पनि सिकाउन पछि पर्दिन् । मंगला दिदी र मोहनबीचको यौनाकर्षण मात्र होइन यौनसमागमको रमाइलो वर्णन पाइन्छ । पोषण पाण्डे ‘आफ्नो कथा हर्के तामाङको संस्मरण’ शीर्षकमा चौतीस वषर्ीया विधवा मैयाँ नानी र हर्के तामाङको यौन आकर्षणलाई संस्मरणको रूपमा उतार्न सफल हुनुभएको छ । एउटी अधवैंसी आइमाईको अतृप्त यौनेच्छालाई राम्ररी चित्रण गर्नु भएको छ । कुमार नेपालको ‘शङ्खको एकोहोरो आवाज’ मा यौनको गन्धको मादक वर्णन पाइन्छ । उहाँले विभिन्न आइमाईहरू जस्तो मेम, गुरुङसिनी, ज्यापुनी बाहुनी र अविवाहिता आइमाईको आकर्षक गन्ध र तरुणीहरूको गन्धको मानौ पारखी नै हुनुहुन्छ । न पत्याए हेर्नुस् ‘उफ ! मेरो नाकमा यसरी गन्ध किन आइरहेको होला ।’ पृ ०७१।

    माधव भण्डारीको कथा ‘सुनौला हाटको एक साँझ’ एउटा स्तरीय कथा हुन् जसमा ‘यौवनको उद्वेग नै सबभन्दा ठूलो परिचय हो । चुम्बकले फलाम देखेपछि चिनारी गरिरहनु पर्दैन पृ. ०७५।

    दाजु बहिनीको साइनो जोडेर पनि यौन क्रिया सम्पन्न गर्ने व्यक्तिहरूप्रतिको व्यङ्ग्यात्मक सम्बन्धलाई उजागर गरिएको छ । दाजु र बहिनीको सम्बन्धलाई बदनाम गर्ने, जग हँसाई गर्ने कुरो मस्ती र रोमान्सको दुनियाँसँग जोडिएको र जुन समाज स्वीकृत हुन सक्दैन । दाजु र बहिनीको बनावटी सम्बन्ध स्थापित गरेर संभोग गर्ने कुराको प्रकटीकरण गरिएको छ ।

    पुष्कर लोहनीको ‘नाङ्गो अस्तित्व’ शीर्षक कथा पनि यौनकथाको एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गर्दछ । पुष्कर लोहनी यौनवादी कथाकारमा आफ्नो पुस्तामा परिगणनीय नाम हो, होटलमा हुने यौनाचार र डलरको आकर्षण तथा एचआईभी एड्सको परवाह पनि गरिँदैन । रक्सी रण्डीको नाता नङ र मासु जस्तोको हुन्छ । यौन छताछुल्लमा भएर छचल्किएको छ । ‘त्यतिको रक्सी खुवाएर मलाई नङ्ग्याउन खोजेको तिमीले ? फेर्ने लुगा छैन । पेटीकोट सब भिजिसकेको छ ।’ पृ ०८९।

    विश्वम्भर चञ्चलको ‘लिङ्ग’ शीर्षक कथा लामो छ । उहाँकी नायिकाको निष्कर्ष छ भने लिङ्गबाट गर्दा नै धुजा धुजा पारिसके मेरो यौनिलाई लोग्ने मान्छेले स्वास्नेमान्छेलाई अपराध गर्ने, बरबाद गर्ने कारण नै त्यई भाँडो हो । त्यई भाँडो मात्तिएर नै लोग्ने मान्छेहरूबाट यी सबै अपराधहरू हुन्छन् ।’ पृ १०५।

    मनु ब्राजाकी आफ्नो कथा ‘करुणामय’ शीर्षकमा बूढी आमा र ग्राहकको यौन उन्मादपूर्ण संवादद्वारा आफ्नो कथामा सरसर्ती थप्नु भएको छ । प्रहरी नै ग्राहक भएर रण्डी कोठामा चुरोट र रक्सीको भरमा नारी देहको मौज मज्जा गरेर कोठाको कति हो सोध्दा भन्छिन्, ‘तपाईंलाई कोठाको पैसा लाग्दैन । आजको रात यो कोठा र म तपाईंकी हुँ । पृ. ११२।

    निष्कर्षरूपमा के भन्न सकिन्छ भने यसमा सबै सङ्कलित कथाहरू यौन प्रधान हुन तर केही कथाहरूमा यौन उछृङ्खलताको खुलमखुला वर्णन गर्दा श्लीलताको सीमा नाघ्न पुगेको छ । यौन जीवनको लागि आवश्यक हो । स्वस्थ यौन सभ्यताको प्रतीक हो । यो संयमित यौन सुन्दर भन्न सकिन्छ तर कुनै कुनै कथामा यौन अश्लील पनि हुन गएको छ । भाषाशैली पनि राम्रो हो तर अहिलेको भाषा वैज्ञानिकहरूका लागि एउटा चुनौती पनि हो । अहिले यौनकथाको ‘मार्केट’छ । यसको बजारीकरण र व्यवसायीकरण पनि हुँदैछ । पाठकहरूलाई पनि मनोरञ्जन सस्तो मनोरञ्जन गर्नका लागि केही कथाहरू भरपूर्ण सामग्री पेस गर्छन् । समग्रमा भन्दा समीक्षा कथासङ्ग्रह पठनीय र सङ्ग्रहणीय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *