Skip to content

नहुनु थियो भैगयो गर्छौ किन गाली

  • by


नहुनु थियो भैगयो गर्छौ किन गाली
तमासा मेरो हेरेर तिमी पिट्छौ किन ताली

तिम्रो मेरो जिन्दगीको फरक थियो दुरी
मान्छे नै हुँ म पनि धेरै थियो कमजोरी
हैनौ तिमी सहयात्री दर्शक बन्यौ खाली
तमासा मेरो हेरेर तिमी पिट्छौ किन ताली

सक्छौ जति भन तिमी तिम्रै आयो पालो
आफ्नो त नि भाग्यमा नै परेको छ जालो
झरिगयो फूल पनि सुन्य भयो डाली
तमासा मेरो हेरेर तिमी पिट्छौ किन ताली

शब्द – मीना शाही
स्वर – यश कुमार
संगीत – कैलाश गुरुङ
एल्बम – तिर्खा

Leave a Reply

Your email address will not be published. Required fields are marked *