Skip to content


समाजको विकृतिमा कु सिर्जित म,
चार पाटा मोडीदिए हुने ।
सामाजिक परिवर्तनमा लागेको म,
सबैले खुट्टा तान्दिए हुने ।

सामन्त र शोषकको विपक्षमा लड्दा म,
देश निकाला गर्दिए हुने ।
सगरमाथाको सिखरमा पुग्न खोज्दाको म,
नेताले खुट्टा काड्दिए हुने ।

राजनेतालाई सुझाब दिदा म,
प्रतिगामीको नौटङ्की वनाइदिए हुने ।
प्रतिशोधको खाडल देख्दा म,
जापान, इथोपिया, नयाँ नेपाल के हुने?

Leave a Reply

Your email address will not be published. Required fields are marked *