Skip to content


मन पराउने हजार भेटिन्छन जूनी काट्ने एउटै हुन्छ
जति रूवाओस् धरधरी रूवाओस् आफ्नो मान्छे आफ्नै हुन्छ

जति भुलुँ शहरको रमझममा मन त आफ्नो गाउँमै हुन्छ
साथी सुखमा हजार भेटिन्छन् दुख बाँड्ने एउटै हुन्छ

अब भूल गर्दिन भन्छु मान्छे हुँ गल्ती नै हुन्छ
मेरो भगवानले सब माफ दियो देउता भन्नु देउतै हुन्छ

शब्द : कालीप्रसाद रिजाल
स्वर : रामकृष्ण ढकाल
संगीत : सम्भुजीत बासकोटा
एल्बम : आशा

Leave a Reply

Your email address will not be published. Required fields are marked *