Skip to content

सपना झैं लाग्छ आज तिम्रा मेरा साथहरू

JitendraTuladhar


सपना झैं लाग्छ आज तिम्रा मेरा साथहरू
नथामे कै भए हुन्थ्यो गला रेट्ने हातहरू ।।

कति माया दिन्थ्यौ मलाई एकान्तमा भेट्न आउँदा
अन्धकार झैं लाग्छ आज पूर्णिमाका रातहरू ।।
सपना झैं लाग्छ आज तिम्रा मेरा साथहरू
नथामे कै भए हुन्थ्यो गला रेट्ने हातहरू ।।

कति बुन्थे सपनाहरू तिमीलाई नै पाउँछु भनी
नयन देखी टाढा भयौ हानि हाल्यौ लाटहरू ।।
सपना झैं लाग्छ आज तिम्रा मेरा साथहरू
नथामे कै भए हुन्थ्यो गला रेट्ने हातहरू ।।

कति कसम खान्थ्यौ तिमी सगैँ जीउँछु मर्छु भनी
वाचा बन्धन तोडी दियौ बाँकी रहे यादहरू ।।
सपना झैं लाग्छ आज तिम्रा मेरा साथहरू
नथामे कै भए हुन्थ्यो गला रेट्ने हातहरू ।।

कति कठोर हुँदा रै’ छन् निर्दयीका बाटहरू
मलाई जस्तै अरुलाई नी नगर्नु है घाटहरू ।।
सपना झैं लाग्छ आज तिम्रा मेरा साथहरू
नथामे कै भए हुन्थ्यो गला रेट्ने हातहरू ।।

सपना झैं लाग्छ आज तिम्रा मेरा साथहरू
नथामे कै भए हुन्थ्यो गला रेट्ने हातहरू ।।

जितेन्द्र तुलाधर
बुंगमती, ललितुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *