Skip to content

जानु छ धेरै धेरै टाढा तिमी र म

  • by


जानु छ धेरै धेरै टाढा तिमी र म
पुग्नु छ धेरै धेरै पर तिमी र म

हिंड्नेलाई नै ठेस लाग्छ
भो तिमी आँसु धेरै नझार
साहस नै हो जिन्दगी
हिम्मत गर बारम्बार
रुनु छ संगै हाँस्नु सँगै तिमी र म
भोग्नु छ धेरै धेरै कुरा तिमी र म

आशा मनमा साँचिराख
भरोसा नै हो जिन्दगी
ऋतु सधैं एउटै हुन्न
कहिले घाम कहिले पानी
जिउनु छ सँगै मर्नु सँगै तिमी र म
गर्नु छ धेरै धेरै कुरा तिमी र म

शब्द – विषम शाही (ठकुरी)
स्वर – यश कुमार
एल्बम – तिर्खा

Leave a Reply

Your email address will not be published. Required fields are marked *