Skip to content

कोर्रा लगाई डाँडा कटाओस


नेताहरूलाई संविधान बनाउने भोक लागोस
देशमा शान्ति कायम राख्ने तृष्णा जागोस

झुटा आशा जगाएर मुख थुने जनताको
बाचा पुरा गर्ने सर्तमा फेरि भोट मागोस

संकटमा परेको यो मुलुकलाई जोगाउन
नेतृत्व लिई एकताको झण्डा टाँगोस

आश्वासनको पोयो मात्र बाट्ने हो भने
दुष्कर्ममा चालिएका पाईलाहरू थाकोस

अब पनि आफ्नो दुनो सोझ्याउँछन भने
जनताले कोर्रा लगाई डाँडा कटाओस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *