• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

भेट

ks — Thu, 07/05/2012 - 21:33

  • सामाजिक कथा
  • बिना तामाङ

"मैले तिम्रो केही बिगार पनि त गरिन ।" टाउकोको रुमाल हातमा लिदैं साईलीले भनिन् ।

"हैन मैले त्यसो भन्न खोजेको पनि हैन।" अधबैशें, यस्तै भयो होला ५० वर्षजतिको, आँखा ख्वाप्लक्कै भित्र पसेर गालाको हड्डी मात्रै उछिट्टिएको, कालो कालो वर्णको ठूलेले एकै श्वासमा भन्न भ्याउँछ। मानौ यति नभने साईली तुरुन्तै उठेर गैहाल्छे ।

"साँच्चै ठूले मलाई तिमीले गलत सोच्यौ भने तिमीलाई पाप लाग्छ । १० वर्षसम्म तिम्रो बाटो हेरें । तिम्रो प्रतिक्षामा के दिन के रात मैले अत्तो पत्तो पाईन । साक्षी छन् यी खोला अनि पाखाहरू मेरा आँखाहरू बेगनास ताल बन्दाको । दुई नानीहरूलाई मैले के खुवाँएँ कसरी हुर्काएँ त्यो त मलाई मात्र थाहा छ । "साईली सललल बग्छिन् अतितको महासागरमा । अनन्त गर्तमा बिस्तारै डुब्दै जान्छिन् । ठूले भने रसिला आँखाहरूले साईलीलाई निलिरहन्छ।

ठूले र साईलीको भेट दुई दशक पछि पासाङको घेवामा लो टोलमा भएको हुन्छ । ठूलेको फूपाजु र साईलीको छिमेकी थियो पासाङ ।

ठूले र साईलीको विवाह सानैमा भएको थियो जति बेला ठूले १७ र साइली १४ वर्षकी थिइन् । साईली खुबै मेहनती थिइन् । आफ्नो गरिखाने खेतबारी धेरै नभए पनि साहुको बारीमा आफ्नो पखुरी बजाउंदै आएका थिए दुबै जोईपोईले । २ वर्ष पछि साईलीले म्हेन्दो र त्यसको २ वर्ष पछि कार्साङलाई जन्माईन् । कार्साङको जन्मसंगै अभावको खाल्डा गहिरिदैं जान थाल्यो । केही वर्ष त यता उता आँचो पैँचो । अर्म पर्म गरेर भरथेग गरे । खाने मुख बढेर गए पछि समस्याहरूगुजुल्टो पर्न थाल्यो । गरिबीले पराकाष्ट नाघ्यो ।

मकवानपूरको पदमपोखरीमा थियो तिनीहरूको बसाँई । त्याहाँका अधिकांश मानिसहरू दाउरा बेचेर आफ्नो जीविकोपार्जन गर्थे । ठूले र साइली पनि त्यसबाट अछुत थिएनन् । तर जति मेहनत गर्दा पनि उनीहरूको जेवन्स्तर माथि उठन् नसके पछि एकदिन ठूलेले साईलीलाई " हैन साईली अब सधैं यसरी दाउरा बेचेर मात्रै त हुन्न । यो भएको थोरै घरबारी बन्धक राखेर एउटा रिक्सा किनेर चलाउँ क्यारे हेटौडां बजारतिर ।" भन्यो ।

"नाई हुन्न । कस्तो कुरा गर्नुभा? भाकै यही एउटा घर र करेसा । यो पनि बन्धक राखेपछि पछि छोराको लागि चाँहि के राख्ने?" भनिन् ।

साईलीले मानिन, "तिमी पिरै नगर न । म रातदिन मेहनत् गर्छु अनि ऋण चुक्ता गर्छु । रिक्सा फाईदामा रहन्छ । हामीले चाहे जसरी छोरा छोरीलाई पढाउन लेखाउन सक्छौं ।" भर्खरै २४ टेक्दै गरेको युवा जोशले ठूलेले भन्यो । उनीहरू बिच निकै वादविवाद चल्यो । अन्तमा ठूलेकै बिजय भयो । भोलिपल्टै ठूलेले साहुकोमा ३, ००० मा घरबारी राखेर रिक्सा झिक्यो ।

ठूलेले भने जस्तै खुबै मेहनत गर्यो । पसिनाको धारा खलखली बगाएर पैसा कमाउन थाल्छ । यसै क्रममा ठूलेको रिक्सा चलाउने साथीहरूसँग हेलमेल बढेर गयो । सधैं बेलुका घर पुग्ने ठूले बिस्तारै बिस्तारै अबेर राती मात्रै घर पुग्न थाल्यो । साथीहरूको लै लै मा लागेर कमाएको पैसा भट्टीमा गएर सकाउन थाल्यो । साईलीले पटक् पटक् सम्झाउथी । तर ठूले पैसाले उन्मात्त हुन थालेको थियो ।

"हैन यसरी कमाएको पैसा जति सबै सकाएपछि साहुको ऋण चाँहि कसरी तिर्ने ?" साईलीको प्रतिउत्तरमा "आ हुन्दे अर्को महिनाको पुरै कमाई ल्याएर तिरिदिउँला ।" भन्थ्यो ठूले । तर उसको लागि अर्को महिना कहिल्यै आएन । महिना बित्यो, वर्ष बित्यो। साहुको ऋणमा ब्याजमाथि स्याज बढ्दै गयो । उता रक्सी पिएर रिक्स चलाउँदा एकदिन ठूले दुर्घट्नामा पर्यो । रिक्सा पुर्णरुपमा क्षति भयो । ठूले अब रिङ्गियो । गरी खाने भाँडो नै नभएपछि ठूले नराम्रोसँग भङ्गालोमा फस्यो । गरेर खाउँ खेतबारी थिएन । भएको पनि साहुकोमा बन्धक थियो । बल्ल चेत आयो ठूलेमा । केही महिना यता उति गरेरै बितायो ठूलेले ।

अधिकांस युवाहरू त्यतिखेर ईण्डियामा लाहुर बन्न भनौं काम् गर्न जान्थें । ठूलेले पनि उतै भासिने निधो गर्यो र एकदिन साईलीसँग " साईली सँच्चै तिमीले भनेको नमान्दा आज हाम्रो यो हविगत भयो । अब म सुध्रें । अब ईण्डिया जान्छु काम गर्छु । केही पैसा जोहो गर्छु अनि साहुको ऋण तितेर हाम्रो घरबारी निखनौला ।" अत्यासिएर साईलीले "नाँई हुन्न । यही गरौँला जे गरे पनि । तपाँई लाहुर जाने कुरा नगर्नुस् ।" भनी । त्यसो भनेको पर्सिपल्टै २२, २३ को साईलीको यो अनुरोधलाई लत्याएर ठूले जबरजस्ती ईण्डिया भासिन्छ ।

गएको केही महिना त पैसा पनि पठाउँथ्यो । चिट्टी पनि बराबर पठाउँथ्यो ।" साईली म यहाँ चौकीदारी गर्दैछु । अब म यही दशैंमा बिदा मिलाएर आउँछु तिमीलाई भेट्न ।" यस्तै लेख्थ्यो प्राय ठूले चिट्ठीमा । तर ठूलेको दशैं कहिले आएन । बिस्तारै बिस्तारै पत्र आउने क्रममा कमी आउन थाल्यो । ४, ५ वर्षपछि पत्र आउनै पुर्ण रुपमा बन्द भयो । ठूले कहाँ छ? के गर्दैछ? कस्तो हालतमा छ? केही अत्तो पत्तो रहेन । साईली हरेक महिना हुलाकी आउने बाटोमा आशालाग्दो आँखाहरू बिस्फारित पार्थिन् । तर हरेकपटक् निराशाको शिकार हुन्थिन् । यतिन्जेलमा नानीहरू पनि ८, ९ वर्षका भैसकेका थिए ।

साईली तिनीहरूको पेट भर्न र पढाउन रातोदिन मेलापात भर्थिन् । ठूले बेपत्ता भयो । जस्लाई सोधे पनि "खै रक्सी पिएर सधैं धुत्त हुन्थ्यो कामबाट छुटेपछि । अहिले त कता छ?हाम्लाई पनि थाहा भएन ।" यस्तै उत्तर आउँथ्यो । साईली अविरल बग्ने इन्द्रावती झै हुन्थिन् । तै पनि ठूले फर्किन्छ भन्ने झिनो आशामा एक दशक कटाईन् त्यस घरमा । नानीहरू १४, १५ वर्षका भैइसकेका थिए भने साईली ३२वर्षकी । दिनहरू बित्दै थिए ।

एकदिन साईलीको मामाको छोरा शम्भु ईन्डिया बाट फर्कियो । जो भर्खरै ईण्डियन आर्मीबाट पेन्शन् पकाएर फर्किएको थियो । उसको श्रीमती गाउँकै दलालीको छलमा परि बम्बैइको काल कोठरीमा पुगेको थियो । घरमा १० वर्षको छोरा थियो । त्यसदिन उसै शम्भुसँग साईलीको भेट भएको थियो । आफ्नो रामकहानी सुनाउंदै शम्भुले "साईली तिम्रो पनि विच्चली नै रहेछ । मेरो पनि घर लथालिङ छ। मान्छौ भने म सँग हिडँ । हामी दुई मिलेर एउटा घर सजाऔं ।" भन्यो ।

पहिले त साईलीले मानिन् । तर पछि निकै कर गरे पछि त्यस बारे सोचिन् । "साँच्चै नानीहरूलाई पढाउन धौ धौ परेकै हो । ठूलेको अत्तोपत्तो छैन। यतिका वर्ष त कुरेकै हो । शम्भु पनि त एक्लै छ। कमसेकम नानीहरूको भविष्य त सुरक्षित हुन्छ।" यस्तै यस्तै सोचेर साईलीले शम्भुसँग दोस्रो विवाह गरिन् । हाँसी खुसी शम्भु र साईलीले जीवन बिताउँदै आएको थियो । शम्भु साईलीलाइ खुबै माया गर्थ्यो । कहिलेकाहीँ दुबै आ आफ्नो भाग्य सम्झेर खुबै रुन्थें । सबैले साईलीलाई लाहुरिनी भाउजू भनेर बोलाउन थालेका थिए । गलामा सानो तिलहरी, कानमा मारबाडी अनि नाकमा झम्के फुलीले साईली खुबै राम्री देखिन्थिन् । अधबैंशे भएपनि दुबैमा मायपिरती गढेको थियो । साँच्चै भन्नु पर्दा साईलीले नव जीवन प्राप्त गरेकी थिइन् भने नानीहरू पनि कलेज जाने भैइसकेका थिए। जीवन सहज सँग कञ्चन खोला झै कुनै बाधा अवरोध बिना सलल बग्दैथियो ।

अचानक २० वर्ष पछि ठूले गाउँ फर्कियो । सुकेर एक धार्नीको मात्रै बाँकी थियो ज्यान ठूलेको । कालो रङ्ग, खोपिल्टा गाला लिएर उ गाउँभरि नै साईलीको खोजी गर्न थाल्छ। थाहा पाउँछ साईलीले १० वर्ष अघि नै शम्भुसँग विवाह गरिन् भनेर। उसले कुनै प्रतिकृया जनाएन बिरोधमा। सायद आफ्नो गल्ती महशुस गर्‍यो। आफ्नो गैरजिम्मेवारपनको आभास गर्‍यो । र त चुपचाप रहर्‍यो ।

शम्भु र ठूलेको घर एउटै गाउँमा भएकोले उसले साईलीलाई देखेकै थियो तर कहिल्यै बोलाउने आँट गरेन । यस्तैमा आज ठूले र साईलीको भेट फूपाजुको घेवामा भएको छ। निकै साहस गरेर ठूलेले साईलीसँग क्षमा याचना र गुनासोका शब्दहरू पोख्दैछ ग्लानीभावमा छताछुल्ल हुने गरी । वास्तवमै ठूले पश्चतापको भेलमा बेगसँग बग्दै छ । साईली एकतमासकी देखिन्छिन् । प्रतिकृयाहिन उनको पहेंलो अनुहार पारी क्षितिजको डुब्न लागेको घामसंगै कहिले रक्ताम्य हुन्छ कहिले पहेंलपुर । सायद उ अहिले शम्भुलाई सम्झिदैंछिन् जस्ले जीवन डुङ्गा डुब्न लाग्दा नैया पार लगाउने माझीको भूमिका खेलेको थियो र यो पनि अठोट् गर्दैछिन् ओठ् कसेर कि शम्भु नै अब उसको जीवन साथी हो र उसकै साथ आजीवन उसले बिताउनु छ साथ जिउनु छ। साँच्चै उसका हातका मुठ्ठीहरू कसिन्छन् ।

ठूले निकै बेर फत्फताईरहन्छ। केही बेरपछि टाउको उठाएर साईलीलाई हेर्छ। साईलीलाई त्यो ठाडो उकालोमा आफ्नो टाउकोको सल मिलाउँदै बढिरहेको पाउँछ। ठूले एकतमासले साईली गएको उकालो हेरिरहन्छ।

बिना तामाङ 'सुनगाभा'

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 194
  • 1270 reads
Tweet facebook

About your poiem.

अतिथि (not verified) — Fri, 07/06/2012 - 02:30

Hi Bina thanks for your poiem.

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • बहुत खुब कहिल्छि ।
    1 day 4 hours ago
  • आभार प्रकट गरे
    3 days 3 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    3 days 5 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    3 days 23 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    4 days 1 hour ago
  • किताब राम्रो रहेछ । बधाई छ
    4 days 1 hour ago
  • एकदम सान्दर्भिक
    4 days 6 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    4 days 8 hours ago
  • भुगोल ले नछेकेको माया
    1 week 2 days ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    1 week 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • दुब्ले बाइ (कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • बादल
  • तीन हाइकुहरू (एकान्त ठाउँ)
  • नेपाली समालोचनाको उल्लेख्य कृति
  • को दोषी ?
  • चोखो माया
  • कति ओटा म !
  • इच्छा
  • घाउ छन कति-कति
  • सीमा कसले तोक्ने...?
  • स्मृतिकाे पानाबाट - २
  • पाँच ताङ्का
  • कला र साहित्यका क्षेत्रमा नेपाल
  • धनी देशमा खेताला हुँदा
  • मान्छे, मन र शत्रु
  • म बिबश छु
  • पुगिसरी आ'को भए को
  • छट्पटिदै चिहानमा लाश हुन्छ मेरो
  • गज़ल
  • गाउँको सम्झना
  • म जलिरहेछु
  • मान्छे
  • गाउले जीवन
  • होइसेर
  • व्यर्थै आएँछु
  • मेरो बाटो
  • देशभक्त हुँ म
  • खहरेको भेल-रहेछ
  • बरु मैले चुपचाप सहिदिए
  • हराएको मान्छे
  • लालुपाते फुल्यो लेकैमा
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित