Skip to content

तीन मुक्तक (बिन्ती आऊ भन्दिन्, नहुनु है सानु, तिम्रो मन रोक्का )


(१)
भित्र भित्रै जल्छु बरु बिन्ती आऊ भन्दिन् ।
तिमी बिना एक्लो भएँ माया लाऊ भन्दिन् ।
पिडा बोकाई मन भित्र मुटु जलाई तिम्रो,
देवी देउता भाकी कसम खाऊ भन्दिन् ।

(२)
बिन्ती रुवाई टाढा कहिल्यै नहुनु है सानु ।
घरी घरी सम्झी मलाई नरुनु है सानु ।
पश्च्ताप गर्यौ आखिर गल्ती गरेपछि,
भो तिम्रा पापी हातले अब नछुनु है सानु ।

(३)
मेरै नाममा तिम्रो मन रोक्का गरेकी क्या हो ।
रुवाई तिमीलाई म नै अन्तै सरेकी क्या हो ।
जानी नजानी अन्जानैमा गल्ती गरी मैले,
दुखेको घाऊमा नुनचुक फेरि छरेकी क्या हो ।

….दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *