Skip to content


फोन गर्दा बोल्न छोड्यौ
अर्को फोन फेरि आउँला
धेरै पटक सताइसक्यो
आज फेरि रुवाउला ।।१।।

तिमी त्यसै तर्किएर
आगनीमा हिन्दै गर्दा
बिचरा त पर देसमै…
गाउलेले कुरा फेर्दा ।।२।।

चिट्ठी पनि भेटदिनौ रे
न त उसको जीवन भेटयौ
पानी माथि बने पनि
अब उसको पाइला मेटायौ ।।३।।

बाटो खुल्यो तिम्रो अब
चाहे जसतै बाच्नु अझै
रोय जसतै गर्नु बाहिर
खुशी हुँदै बाच्नु सधैं ।।४।।

न त उसको बाबा थियो
जन्म दिने आमा छैन
बाँकी तिमी आफ्नै सुरकी
ब्यथा भुझ्ने कोही छैन ।।५।।

तुक्रा भयर बाँच्नु भन्दा
सास छोड्नु जाति भयो
उडी गयो बादल माथि
आकाश असको साथी भयो ।।६।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *