Skip to content

जहाँ छन् बुद्धका आँखा

  • by


जहाँ छन् बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर
प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता
छल्किन्छ ममता मेरो भावगंगा जतातता

माया नेपालको लाग्छ नेपाली इतिहासको
माया प्रकृतिको लाग्छ कला भाषा र भेषको
पुर्खाको मन्त्र यो जप्छु चौतारीमा बसी
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि:।

छ ठुलो चाहना मेरो आमालाई हँसाउने
सर्वोच्च शिखरबाट विश्व शान्ति सुनाउने
यही प्यारो मृतिकामाथि पौरखी बनिकन
गर्छु यो चाहना पूर्ण गरी देह समर्पण

शब्द – बमबहादुर थापा ‘जिताली’
स्वर, संगीत – भक्तराज आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *