Skip to content

आफ्नै मान्छेलाइ पनि पराइ देख्छ मान्छे

आफ्नै मान्छेलाइ पनि पराइ देख्छ मान्छे
जति सहयोग गर्यो उल्टै टाउको टेक्छ मान्छे

स्वार्थि दुनिया यस्तै छ कसलाइ के भन्नु खै
अरुको प्रगतिको बाटो मात्र छेक्छ मान्छे

सधै भरि अरुको आलोचना गरेर नथाक्नेले
सत्यकुरा तोडमोड गरी झुटा कुरा लेख्छ मान्छे

आफुलाइ महान ठान्छ गर्न केहि नसके नि
दिनरात घमन्डको राप सेक्छ मान्छे

अरुको लुट्न खोज्छ आफ्नो दिन्न रौं पनि
गुन सबै बिर्सिएर घांटी अंचेट्छ मान्छे

Leave a Reply

Your email address will not be published. Required fields are marked *