Skip to content

तामाङ डाजाङको साहित्यिक गोष्ठी १११ औं शृंखला सम्पन्न

  • by
20120715_BinaTamang_News


२०६९ साल वैशाख ३० शनिबार
काठमाडौँ ।

तामाङ डाजाङको नियमित साहित्यिक गोष्ठीको १११ औं शृंखला नेपाल मानविकी क्याम्पस प्रदर्शनी मार्गमा यही मिति २०६९ साल वैशाख ३० गते शनिवारका दिन सम्पन्न भयो ।

कार्यक्रमको अध्यक्षता डाजाङको अध्यक्ष बुद्ध योञ्जनले गर्नुभएको थियो भने कार्यक्रम संचालन स्रष्टा एवं पत्रकार सन्चु ब्लोनले गर्नुभएको थियो ।

उक्त दिनको कार्यक्रम नियमित भन्दा केही फरक रहेको थियो । डाजाङले ११औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा वार्षिक उत्सवको रुपमा कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा डा. गणेश योञ्जन रहनुभएको थियो भने अतिथिहरूमा भाषाबिद् अ्मृत योञ्जन, लेखक अजितमान तामाङ, थान्का खाईबा निमा घ्याम्छो बल, लोक सम्राट चन्द्रकुमार मोक्तान रहनुभएको थियो ।

गएको वर्ष २०६८ मा तामाङ भाषामा बिभिन्न लेख रचना सृजना गरेर तामाङ साहित्यलाई योगदान पुर्‍याए वापत डाजाङले दुई जना स्रष्टाहरू रामेछापका बेथानका मोतीलाल दोङ् र काठमाण्डौं बुढानीलकण्ठका बिना तामाङ ‘सुनगाभा’ लाई रु १, ००० सहित प्रमाणपत्र र खादा ओढाएर सम्मान गरिएको थियो । साथै डाजाङले आगामी दिनहरूमा गरिने आफ्नो नयाँ योजनाहरू समेत प्रस्तुत गरेको थियो । प्रस्तुत कार्यक्रममा तामाङ साहित्यकार राहत कोष खडा गर्ने कार्यक्रम रहेको थियो ।

उक्त कार्यक्रमलाई सफल बनाउन डा . गणेश योञ्जनले रु ५१, ००० सहयोग स्वरुप उपलब्ध गराउने घोषणा समेत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा दर्जनौं स्रष्टाहरूले तामाङ भाषामा गजल, गीत, कविता लगायतका रचनाहरू बाचन गर्न भएको थियो ।

प्रत्येक महिनाको अन्तिम शनिबार झैं यस पटकको साहित्यिक कार्यक्रममा पनि स्रष्टाहरूको उलेख्य मात्रामा सहभागिता रहेको थियो ।

डाजाङले आगामी कार्यक्रम जेष्ठको अन्तिम शनिवार हुने जानकारी गराएको छ ।

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *