Skip to content

सपनीमा पनि मैले देखुँ तिमीलाई घरी घरी


याद तिम्रो यसै गरी
आई रहोस् जुनी भरी,
सपनीमा पनि मैले
देखुँ तिमीलाई घरी घरी ।।१।।

आशा गरौं हामी बिचको
विश्वास कहिल्यै नहटोस,
सुःख दुःख एक अर्काको
बाँड्दै अन्तिम सास कटोस् ।।२।।

तिम्रै माया मनमा बसोस्
मौलाएको दुवो सरी,
सपनीमा पनि मैले
देखुँ तिमीलाई घरी घरी ।।३।।

हामी बिचको प्रित सधैं
कहिल्यै नमेटीने छाप बन्नुछ,
सम्झदा एकले फेरि अर्कालाई
धक्धक गदै ढुकढुकी चल्नुछ ।।४।।

तिमी सधै घुमी रहनु
यी आँखाका वरिपरी,
सपनीमा पनि मैले
देखुँ तिमीलाई घरी घरी ।।५।।

मेरो त्यो सौभाग्य होस्
तिम्रै काखमा मर्न सकुँ,
मन मुटु जोडी तिमी तिरै
विस्तारै विस्तारै सर्न सकुँ ।।६।।

मर्दा संगै जाउँ ल
मायाको त्यो सागर तरी,
सपनीमा पनि मैले
देखुँ तिमीलाई घरी घरी ।।७।। ]

याद तिम्रो यसै गरी
आई रहोस् जुनी भरी,
सपनीमा पनि मैले
देखुँ तिमीलाई घरी घरी ………दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *