Skip to content

चाखेर थाहा पाइन माया, अम्ल हो कि क्षार हो


“बिज्ञानमा मायाको प्रयोगात्मक अध्ययनको नतिजा”

मायाको खेलमा तिमीले जित्यौ, मेरो चाहिँ हार भो
चाखेर थाहा पाइन माया, अम्ल हो कि क्षार हो ।।

मायामा सफल हुन तिमीले, देवी र देउता भाक्यौ
हजारौँको भिडमा तिमीले, छानी-छानी माया चाख्यौ ।।
तिमीलाई अन्त जोडी दिने, मेरो माया तार भो
चाखेर थाहा पाइन माया, अम्ल हो कि क्षार हो ।।

म के मा सफल थिएँ र, मायामा सफल हन्थेँ
आँखा चिम्ली सम्झी हेर त, यदि म तिम्रो हुन्थेँ ।।
तिमी सम्म आउने माध्यम, आज किन बार भो
चाखेर थाहा पाइन माया, अम्ल हो कि क्षार हो ।।

मायाको खेलमा तिमीले जित्यौ, मेरो चाहिँ हार भो
चाखेर थाहा पाइन माया, अम्ल हो कि क्षार हो ।।

पुस्कल पौडेल (—प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *