वदन तिम्रो वर्षातको झरीले निथ्रुक्कै भिजायो कि
जुनकिरीले औंसीको रातमा झैं चम्केर गिजायो कि ।।१।।
फक्रिन नपाई हाम्रो माया कोपिला मैं समाजले
ढुकुरझैं जोडी हाम्रो देखि सारा हल्ला फिजायो कि ।।२।।
भँवराले बागमा फूललाई सुस्केरा हाली चुमी दिंदा
कोमल तिम्रो मुटुभित्र कतै काँडा सरी बिजायो कि ।।३।।
बस्छ्यौ तिमी सजिएर कति रुपको नशा छर्दै वरपर
बैंसालू रुप देखी तिम्रो त्यो दर्पण छायाँले गिजायो कि ।।४।।
भित्र्याउने छु तिमीलाई म बजाउँदै नौमतीका धुन
नौमतीका कुरा सुन्दा कतै तिम्रो मन लजायौ कि ।।५।।