Skip to content

सोझा सिधा मान्छेहरू सधै रुनु पर्ने

  • by


सोझा सिधा मान्छेहरू सधै रुनु पर्ने रैछ ।
आफ्ना भन्ने आफन्तले दुःख पीडा भर्ने रैछ ।

आकश ओढी सुत्नेहरू धर्तीमा पल्टिराछन्
यो मान्छेले नजन्माए कहाँबाट झर्ने रैछ ।
आफ्ना भन्ने आफन्तले दुःख पीडा भर्ने रैछ ।

सुख शान्ति सम्बृद्धिको आशमा जीवन ढल्यो
विश्व मान्छे एक भन्दै जातिवाद गर्ने रैछ ।
आफ्ना भन्ने आफन्तले दुःख पीडा भर्ने रैछ ।

संविधान बनाउन रात दिन तड्पे पनि
नौटङ्कीले रुप फेर्दै चारैतिर चर्ने रैछ ।
आफ्ना भन्ने आफन्तले दुःख पीडा भर्ने रैछ ।

खोक्रो नारा मिठा शब्द जतासुकै जाल पासो
सोझालाई नर्क हाली आफू स्वर्ग तर्ने रैछ ।
आफ्ना भन्ने आफन्तले दुःख पीडा भर्ने रैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *