बोक्सोलाई लखेट्न नै हिजो बसे धामी
सत्यलोक कल्पनामा व्यस्त भयौं हामी
आजसम्म कथाव्यथा जस्तो थियो त्यस्तै
उपलब्धीहीन देख्दा दङ्ग पर्यो कामी
आवरण राम्रै थियो हेर्दा खानदानी
गाउँघर टोलबस्ती हेर्दा थिए नामी
फर्सीजस्तै भित्र भित्रै सडेका नै रैछन्
संसारमा हुनुपर्ने रैछ अन्तरयामी