Skip to content

क्यालगरीले साहित्य गोष्ठी गरी भानु जयन्ती मनायो

  • by


जुलाई १६, २०१२।

सबै नेपाली जातिलाई समेट्ने भाषिक एकताको सन्दर्भसुत्रको रुपमा भानु जयन्ती मनाउने क्रममा नेपालमा मात्र होइन गत हप्ता प्रवासमा रहेका नेपालीहरूबीचमा समेत लहर चलेको हो ।

यसै क्रममा गत जुलाई १४ का दिन क्यानाडाको क्यालगरीमा एन आर एन क्यानाडाको भाषा साहित्य बिभागको आयोजना र नेपाली कम्यूनिटी सोसाइटी अफ् क्यालगरी(NCSC) तथा क्याल्गरी नेप्लिज् कम्यूनिटी एसोसिएसन(CNCA) को संयुक्त सहकार्यमा १९९औं भानु जयन्ती एक भव्य साहित्य गोष्ठी गरी मनाइयो ।

एन आर एन क्यानाडाका सभापति डा बिनोद के सी प्रमुख अतिथि रहेको सो कार्यक्रमको अध्यक्षता NCSC साहित्य समितिका संयोजक तथा क्याल्गरीका अग्रणी साहित्यकार राजेन्द्रप्रसाद प्रसाईले गर्नु भएको थियो ।

आदिकवि भानुभक्त आचार्यको तस्वीरमा फूलमाला अर्पण र एन आर एन क्यानाडाका उपसभापति डा बेतमानसिं भन्डारीको स्वागत भाषणबाट शुरु भएको सो साहित्यिक कार्यक्रमको संचालन साहित्यकार ऋषि बस्ताकोटीले गर्नुभएको थियो ।

“जहाँजाऊँ जहाँ रहौं, मन त नेपाली” बिषय/शीर्षकको लागि आयोजना गरिएको कविता प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो बिजेता क्रमश: मुरारी अधिकारी, डा तीर्थराज बजगाई र सीलु घिमिरे भएका थिए। सो गोष्ठीमा प्रतियोगी कविता प्रस्तुत गर्ने /पठाउने अन्य साहित्यकारहरूमा भरतमान श्रेष्ठ, बिद्या बज्राचार्य, सुष्मा खनाल, अस्मिताअधिकारी, चन्द्रा मैनाली हुनु हुन्थ्यो भने अप्रतियोगी कबिता प्रस्तुत गर्ने/पठाउनेसाहित्यकारहरूमा डा गोबिन्दसिं रावत, मानकाजी श्रेष्ठ, राजेन्द्र प्रसाद प्रसाई, ऋषि बस्ताकोटी, अरुण श्रेष्ठ, झलेन्द्र श्रेष्ठ, गोविन्द उपाध्याय, देवराज गौतम, युक्त खान ठकुरी प्रदीप न्यौपाने आदि हुनु हुन्थ्यो ।

बिभू ओझाको सुरिलो स्वरमा भानुभक्तीय रामायणकोपाठ गरिएको उक्त कार्यक्रममा सुरेश थापाको गीती एल्बम “तपोबन”को बिमोचन प्रमुखअतिथि र समारोहका अध्यक्षबाट संयुक्त रुपमा गरिएको थियो भने, बर्तमान क्यानाडाका लागि नेपाली राजदूत डा भोजराज घिमिरेबाट सो भानु जयन्ती तथा साहित्य गोष्ठीका सफलताकालागिप्राप्त शुभकामना पत्र पढेर सुनाइएको थियो ।

यसै गरी भू पू नेपाली राजदूत तथा प्राध्यापकहर्ष नारायण धौभडेलले नेपाली कविहरूको योगदनको बारेमा चर्चा गर्नु भएको सो गोष्ठीमा भानुभक्तको जीबनी र योगदान माथि बिभिन्न व्यक्तित्वहरूबाट चर्चा गर्दै प्रतियोगी कविताका बिजेताहरूलाई नगद पुरस्कार र सहभागिताका लागि प्रमाण पत्र बितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *