Skip to content


मनकी रानी बनी बस्यौ बिगतका पानाभरी
तृष्णा बनी मडारिन्छ्यौ बर्तमानमा आजपनि ।

हेराइमा जादू तिम्रो नशा बस्यो किन होला ?
शायद आफ्नो युगभरि सम्झी सधैं रुन होला ।

धेरै थरी बसन्तमा तिम्रै नाम लेखिदिँए
अनगिन्ती भावनामा तिम्रै प्रीत पोखिदिँए ।

सम्झनाका पानाभरि तिम्रै गीत गुन्गुनाउँथे
कल्पनामा तिम्रै रुप मन भित्र सजाउँथे ।

बिगतका कथाहरू सम्झनामा रुमलिए
गुलावका इच्छाहरू काँडाबीच अल्झिदिए ।

अतितका पानाहरू पल्टाइ हेर्दै खोजीदिएँ
इतिहासको कन्दरामा तिमीलाई नै खोजिदिएँ ।

नारायणप्रसाद भण्डारी

1 thought on “बिगतका पानाभरि”

Leave a Reply

Your email address will not be published. Required fields are marked *