त्यो बस्ती उस्तै छ,त्यो ठाउँ उस्तै छ
त्यो भोकानाङ्गाको गाउँ उस्तै छ
फरक छ त केवल मान्छेको मुहार
मुहारभित्रको घाऊ उस्तै छ
आँखामा पिडा छ,दम फुल्छ छातीमा
कुर्कुच्चा फुटेको पाउ उस्तै छ
सामन्ती ढलेनी, मुखिया हटेनी
गरीबी नामको साहू उस्तै छ
भो लेख्दिन हर्के म तेरो कविता
आसुँ र अक्षरको भाउ उस्तै छ
-अंशुमाली
सुन्दर गजल!
सुन्दर गजल!