Skip to content
BishnuPun


निलो निलो
आकाशभन्दा
धेरै तल तल
बस्तीहरू भन्दा केही
माथि माथि
क्षितिजसँग
अमर प्रित गाँस्दै
निर्जन टाकुराबाट
सिर्जनाको संगीत
गुञ्जाइरहने
मेरो प्यारो जलजला ।

सप्तरङ्गी
वुकी फूलहरूसँग
जिन्दगी सजाएर
सपनाको स्वर्णीम सुन्दरता
आकृतिमा
प्रकृतिको असीम
सुवास छरिरहने
मेरो प्यारो जलजला ।

उच्च गिरी शिरवाट
प्रेम गंगा बगाउँदै
कुसुम पथमा
भविष्य सजाएर
सारालाई लोभ्याइरहने
मेरो प्यारो जलजला ।

हिउँदमाहिउँको पछ्यौरी
पहिराई
बर्षातमाकुहिरोको घुम्टो
लगाई
लज्जा आभा
छरिरहने
मेरो प्यारो जलजला ।

बिष्णु पुन “सन्यास” मगर
जेल्बाङ ९ खिबाङ, रोल्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *