मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

दूरी

kbs — Mon, 12/01/2008 - 22:21

  • आधुनिक कथा
  • अच्युत वाग्ले
  • नेपाल साप्ताहिक

यो रेडियो नेपाल हो । हामी काठमाडौंको केन्द्रीय प्रसारण केन्द्रबाट बोलिरहेका छौं । आज गाईजात्रा । अहिले बिहानको ५ बज्यो ।' चौबिसै घन्टा कसैले बन्द नगर्ने, वषौं पुरानो तुयुमैको ओछ्यानमाथिको तख्तामा राखिएको पानासोनिक रेडियोले पाँच घन्टी हान्यो ।
निकैबेरदेखि ननिदाई पल्टिरहेकी तुयुमैलाई साल, महिना, गते वा रेडियोले भनेका कुरासँग कहिल्यै कुनै सरोकार हुँदैन । न ऊ नेपाली भाषा राम्ररी बुझ्छे, न त उसको आफ्नै नेवारी भाषामै रेडियोले भन्ने कुराको विषयवस्तु थाहा हुन्छ । तर, आज रेडियोले भनेको 'काठमाडौं' शब्द उसको कानमा प्रतिध्वनित भइरह्यो ।
रेडियो नेपालले बिहानै ट्वाङ्-ट्वाङ् बजाउने आवाज घन्टाघरको घन्टीको हो रे भन्ने वषौं पहिले कसैले भनेको उसलाई सम्झना छ । घन्टाघर र वीर अस्पताल नजिक-नजिकै छन् भन्ने पनि उसले कतै सुनेकी हो ।
आज उसलाई काठमाडौं जानु छ, जसरी पनि जानु छ । यो सम्झेर तुयुमै केही अत्तालिई । उसले आफ्नो कोठाको दुई बाई तीन फिटको झ्यालबाट टाउको बाहिर निकाली । काँचो इँटाको, पुरानो एकतले घरको वारपार झुन्ड्याइएका लसुनका मुठा, खुर्सानीका सिल र मकैका झुत्ताले झ्यालबाट भित्र पस्ने उज्यालो निमोठ्न खोजेका थिए ।
बाहिर अरनिको राजमार्गमा गाडीहरू बाक्लै गुड्न थालिसकेछन् । उसले केहीबेर त्यतैतिर दृष्टि फ्याँकी । त्यही राजमार्ग भएर उसलाई आज काठमाडौं पुग्नु छ, त्यति उसलाई थाहा छ ।
उसको लोग्ने, सानुचा दर्ुइ सातादेखि वीर अस्पताल भर्ना गरिएको छ । कुरुवा बसेको छोरो माइकलचाले हिजो बुहारीसँग खबर पठायो, "अब बाँच्ने आशा कम छ । आमाको र नातिनीको मुख हेर्र्ने इच्छा गरेका छन् । नातिनी लिएर भोलि बिहानै आउनू ।"
तुयुमैको जीउ कुनै ठूलो बोझले थिचेझैं गह्रुँगो भएर आयो । मनमनै झोक चल्यो, "सानुचा मर्ने नै भएपछि किन बेकारमा मेरो मुख हेररिहनुपर्‍यो - फेर बाँच्ने आश मारसिकेपछि उसलाई किन अस्पतालमा राखिराख्नु  -" एकमन, यी सबै कुरा उसलाई जसरी पनि काठमाडौं पठाउने षड्यन्त्रका पाटाझैं लागे ।
जेहोस्, उसलाई एकपटक सानुचालाई भेट्ने मन भने अवश्य छ । लोग्नेको सम्भावित मृत्युको खबरले मन अशान्त छ । त्यो माया, पीर वा असुरक्षा के हो ऊ खुट्याउन सक्दिन । त्यसभन्दा पनि ठूलो चिन्ता त आज उसलाई काठमाडौं पुग्नुको हो ।
माइतीघर मण्डलाबाट भक्तपुर, जगातीको दूरी १४ किलोमिटर छ । योभन्दा धेरै टाढाका हजारौं मानिस, दैनिक तुयुमैको घरैअगाडिको राजमार्ग भएर काठमाडौं आवत-जावत गर्छन् । तर, उसका लागि काठमाडौं एउटा दुर्गम गन्तव्य हो ।
ऊ तौमढीमा जन्मी, विवाह सुकुलढोकामा भयो । मामाघर नगदेश । सानुचाको मामाघर थिमी । अंशबन्डामा सानुचालाई जगातीको सानो घर र खेत भागमा परेपछि सुकुलढोकाको सगोलको घरबाट यहां सरेका हुन्, अरनिको राजमार्ग बन्नुभन्दा निकै वर्षपहिले । ठ्याक्कै कति वर्षपहिले हो, तुयुमै गन्ती गर्न जान्दिन ।
उसलाई धमिलो सम्झना छ, साँगासम्म लरी चल्ने पुरानो सडक उनीहरूको आँगनै भएर जान्थ्यो । यो राजमार्ग बनेपछि त्यो घर परत्ियक्त सडकको किनारमा छोडियो ।
घना बादलको कुनै अन्तरबाट च्यापिएर, छिप्पिन बाँकी घामको किरण जस्केलासम्म आइसक्यो । चाँडै नै अस्पताल पुग्न पाए हुन्थ्यो भन्ने दरलिो लालसा तुयुमैको मनको कुनै कुनामा छ । तर, जगातीबाट कुन बस चढ्ने - अस्पताल जान कहाँ उत्रने - त्यहाँबाट कता जाने - नातिनी पनि सँगै लैजानु छ, आदि चिन्ताले ऊ भुइँमा थचक्क बस्छे र हातले आफ्नै पिंडौला चपक्क समात्छे ।
बुढ्यौलीले सुक्दै गएका पिंडौलाको छाला चाउरी परेर ट्याटु खुम्चिएर आकारविहीन भएको छ । औंलाले विस्तारै छालालाई तन्काएर ऊ त्यसको आकृतिलाई पुनः नियाल्न खोज्छे । झरझराउँदो जवानीका पुष्ट पिंडौलामा खोपिएको कुनै तान्त्रिक देवको मूर्ति आधुनिक क्यामराले खिचिएको तस्िबरभन्दा कम प्रस्ट थिएन कुनैबेला ।
अँ साँच्चि ! उसलाई सम्झना आउँछ, यो ट्याटु खोप्न ऊ काठमाडौं गएकी थिई, आफ्नी आमासँग । उसले सम्झेको सबभन्दा पहिलो काठमाडौं यात्रा यही थियो उसको । ऊ सात-आठ वर्षी हुँदी हो । आफूलाई वैद्यलाई जँचाउन र छोरीलाई ट्याटु खोपाउन आमाले काठमाडौं लगेको उसलाई सम्झना छ । त्यो ज्याठा भन्ने ठाउँको गुभाजूको घर थियो भनेर उसकी आमा, पछिसम्म अनगिन्तीपटक भनिरहन्थिन् ।
सल्लाघारीबाट सिट र छतविहीन खुला लरीमा थचक्क बसेर काठमाडौं पुग्दा ऊ रमाएकी थिई । अलिअलि रङि्गटा लागे पनि खासै गाह्रो भएको थिएन, खुला आकाशमुनि हावासँग हेलिंदै गरेको यात्रा । फर्केर आउँदा सियोले छियाछिया परेको पिंडौला दुखेर उसले केही मेसो पाइन ।
दोस्रो र अन्तिमपटक ऊ सानुचासँग नेपाले पूजा गर्न भनेर काठमाडौं हिंडेकी हो । तर, जगातीबाट भद्रकाली पुग्दा उसलाई सयौंपटक बान्ता भयो । बोल्न पनि नसक्ने गरी आलसतालस परेकी उसलाई भद्रकालीको सत्तलमा सुताएर सानुचा आफ्नो काम सिध्याएर आयो । फकर्ंदा झमक्कै साँझ परसिकेको थियो । गाडी गुड्दा बाहिरका दृश्यहरू पछाडि दौडेका देखिएनन् । त्यसैले होला साह्रै गाह्रो परेन ।
काठमाडौंप्रति उसको सकारात्मक धारणा बनेको छैन । अचेल सल्लाघारीतिर सरेको 'जगाती छोयला पसः' उसको पश्चिमपट्टि करेसा जोडिएको घरमा थियो । त्यो पसलमा छोयला-ऐला खान मानिसहरूको सधैं भीड लाग्थ्यो । गाडी र मोटरसाइकलहरू खचाखच हुन्थे, उसको घरवरपिरसिमेत ।
"ती सबै मानिसहरू काठमाडौंतिरबाट आउँछन् अरे," उसले सुनेकी हो । ती मानिसहरू तुयुमैको दृष्टिमा असल कोटीका होइनन् । उनीहरू, उसले दुःख गरेर लगाएको लसुन बारीभित्र कहिले गाडी, कहिले मोटरसाइकल घुसाउँछन् र कहिले आफैं पसिदिन्छन् । फेरि, छोयला खाने निहुँमा उत्तिटाढा, काठमाडौंदेखि सबै काम माया मारेर यहाँसम्म आउने यी 'निकम्मा' मनिसहरूको 'मूर्खता' पनि ऊ पचाउन सक्दिन । उसको ठम्म्याइमा काठमाडौं यस्तै मानिसहरू बस्ने ठाउँ हो ।
उसको घरकै एउटा घटनाले पनि काठमाडौंप्रतिको उसको मोह अझ भङ्ग भएको छ । छोरो माइकलचाले मोटरसाइकल नकिनी नछोड्ने अड्डी लियो । तुयुमैले तर्क गरी, "तरकारी बेच्न जान साइकल छँदैछ । त्यस्तो राम्रो खेत बेचेर किन किन्नुपर्‍यो मोटरसाइकल -"
"कहिलेकाहीं काठमाडौं जाने-आउने गर्नुपर्छ । बुहारीले पनि त्यसै भनेकी छ नकिनी छोड्दिनँ ।" माइकलचाले हठ गर्‍यो । बाबुको अंशमा आएको चार रोपनी खेतमध्ये एक रोपनी हतारहतार खरदिकर्ताकै भाउमा बेचेर उसले त्यो दुइपाङ्ग्रे नकिनी छोडेन । घरमा एउटा स-सानो महाभारत नै भएको थियो केही दिन । त्यहीबेलादेखि काठमाडौं र बुहारी दुवैप्रति एकतमासको वितृष्णा तुयुमैको मस्ितष्कमा अविच्छिन्न पौडिरहेको छ ।
काठमाडौंका बारेमा आकर्षा-विकर्षा जे नै भए पनि, आज उसलाई काठमाडौं पुग्नु नै पर्छ, कुनै पनि मूल्यमा । उसले मनमनै एउटा योजना बनाई, "बुहारीलाई पुर्‍याइदे भन्छु ।"
ऊ बुहारीको कोठाको ढोकाअगाडि उभिएर झन्डैझन्डै मायालु आवाजमा बोलाई, "चिरीमै ! ओ चिरीमै !!" छोरोको बिहे भएपछिका बितेका छ वर्षा उसले बुहारीलाई सम्भवतः पहिलोपटक यति नरम स्वरमा, नामै किटेर बोलाएकी हो । बुहारीले ढोका खोली ।
"हेर ! नातिनी पनि लिएर जानु छ । मलाई गाह्रो हुन्छ । तिमी पनि हिंड न ! मलाई अस्पतालसम्म पुर्‍याउन ।" "त्यसो भए एक्लै जानूस् न † छोरी लानु पर्दैन ।" चिरीमैले फ्याट्टै उत्तर फर्काई । "म अलि मेसो पाउँदिनँ," उसले हारेको स्वरमा भनी । "त्यसो भए म बस चढाइदिन्छु । खलाँसीलाई भनी पनि दिन्छु, वीर अस्पतालअगाडि नै ओह्राली देऊ भनेर," बुहारीले निर्णय सुनाई, "ल लुगा लगाउनूस् !"
अब तुयुमैसँग विकल्प छैन । "म जान्न," ऊ भन्न सक्दिन । आखिर सानुचाको कुरा छ । अस्पताल जानुअघि सानुचाले हिसाब निकालेको थियो, उनीहरूको बिहे भएको पनि अर्ढाई-बीस वर्षबितिसके । यत्रो लामो समय साथै रहेको सानुचा यो धर्ती छोडेर जान लाग्यो भन्ने सम्झेर उसको मन थामिनसक्नु गरी बिथोलिन्छ ।
सम्भवतः आजै होला, उसको मनमा यति तीव्र संवेदना जागृत भएको । माया भनेको त्यही रहेछ कि ! नभए, सानुचाले उसलाई माया गर्छ, गर्दैन भन्ने भावना उब्जेको पनि उसलाई थाहा छैन । उनीहरूबीच, एउटा घटनालाई छोडेर, न त कुनै पनि विषयमा एक मिनेटभन्दा लामो कुराकानी भएको सम्झना छ ।
उनीहरू सगोलमै हुँदाको कुरा हो । एक राती भर्खर निदाएकी तुयुमैलाई ब्यूँझाउँदै सानुचाले भनेको थियो, "तुयुमै ! यसपालि बुख्याँचा बनाउन सकिएन । एउटा पनि थोत्रा लुगा छैनन् । भएजति सबै टालटुल गरेर लगाइयो । केराउबारीमा बुख्याँचा नभएपछि सुगाका बथानले सबै बाली सखाप पार्छन् । तँ सात-आठ दिन लगातार बारीमा गएर कुरुवा बस् ।"
कम बोल्ने सानुचाले मीठो गरी, बेलिविस्तारमा काम सम्झाएकामा उ गद्गद् त थिई नै । अन्तस्करणमा, उसको पनि अस्ितत्व र उपयोगिता भएको अनुभूति गराएको थियो यस घटनाले ।
उसलाई समय, तौल, दूरी वा अन्य कुनै गन्तीबारे पनि पटक्कै थाहा छैन । मन नपरेको काम गर्दा ऊ एकछिनलाई पनि घन्टा भनिदिन्छे । उसको मापन र गन्तीको आधार गणित होइन, भावना हो । आधुनिक भनिने उपत्यकाभित्रको जीवनका दौडादौड, लुछाचुँडी र ऊहापोहबाट प्रदूषित नभएको एउटा मानक नै माने हुन्छ उसको जीवनलाई । अर्को शब्दमा, उसको जीवनलाई गतिमान गराउन सक्ने सामर्थ्य आहार, सम्भोग र न्रि्राजस्ता अर्टार्य प्राकृतिक दासताहरूबाहेक अरू केहीमा छैन । यसबाहेक, उसलाई के थाहा के माया हो या के माया होइन - दाम्पत्य जीवनबाट के अपेक्षा गर्ने वा नगर्ने - ऊ किन बाँचेकी छ अथवा उसको आफ्नो परचिय, जीवनको उद्देश्य, परिभाषा वा अर्थ के हो?
यस्ता पेचिला प्रश्नहरूसँग पूर्णत निःस्पृह छ तुयुमै ।
उसले नयाँ पटासी लगाई । घुमीघुमी कालो पटासीमाथि लामो, सेतो पटुका बाँधी, मझेरीको हावामा दर्जनजति शून्य आकार बन्ने गरी । वास्तवमै, यी शून्यहरू तुयुमैको जीवनका मूर्त प्रतीक हुन् । उसको जीवन एक ठूलो शून्य हो । अथवा, ठूलो आनन्द । साँच्चै आनन्द नै त हो । तथाकथित, ज्ञान, शीप, बुद्धि र अनावश्यक जानकारीहरूको कोर्रा लगातार मस्तिष्कलाई हानिरहने पीडाबाट मुक्तिको आनन्द । 'मैले केही जानेको छैन' भन्ने लघुताभासको अनुभव पनि मस्तिष्कलाई नहुनुको आनन्द ।
"लौ ढिला भयो । ९ बजिसक्यो !" बुहारी कर्राई ।
हतारहतार बुहारीले जगातीबाट बस चढाइदिई । बसको भाडा तिर्दै खलासीलाई भनिदिई, "वीर अस्पतालअगाडि नै ओह्राली दिनु । बूढीमान्छे हराउलिन् ।"
"कसरी पुगिएला अब !" बस चढ्नेबित्तिकै आतेश लाग्यो उसलाई ।
दुई मिनेटपछिदेखि नै वाकवाकी लाग्न थालिहाल्यो । सीटहरूको बीचको खाली ठाउँमा थचक्कै बसेर बान्ता गर्न थाली ऊ । बसका यात्रुहरूले छिःछिः, दूरदूर गरे, नाक थुने, मुन्टो बटारे ।
माइतीघरसम्मको ४० मिनेटको यात्रा उसलाई जीवनभन्दा लामो, खपिनसक्नुको पीडादायक र अत्यासपूर्ण लाग्यो । उसको सम्पूर्ण शरीर शिथिल भइसकेको थियो । छ दशक पुरानो अस्थिपञ्जर लुलो भयो । सबै इन्द्रियहरू प्रतिक्रियाशून्य भए ।
"अगाडि बाटो जाम छ । मण्डलामा गाईजात्रे जुलुस छ रे। सबै उत्रनूस् !" खलासी करायो ।
सबै बसबाट ओर्लिए । अचेत भइसकेकी तुयुमै भित्रै पल्टिरहेकी थिई । उसले गरेको फोहोरले दिक्क भएको खलाँसीले तानेर सडकको पेटीमा ल्याएर राखिदियो ।
तुयुमै हिंडेको केहीबेरमै माइकलचाले चिरीमैलाई फोन गर्‍यो, "बाउको प्राण गयो । गुठियारलाई हनुमन्ते घाट पुग्न भन् । म शववाहनमा लास हालेर एक घन्टामा त्यहीं पुग्छु ।"
सबै जना सानुचाको अन्तिम संस्कारको दौडधुपमा लागे । किरयिापुत्री घर र्फकंदा साँझ परसिकेको थियो । तुयुमै घर फर्किन । दिनभर न त कसैले उसको खोजी नै गर्‍यो । रात छिप्पिन लागेपछि माइकलचाले चिरीमैलाई सोध्यो, "आमा देख्दिन नि !"
"लौ ! बिहानै अस्पताल जाने भनेर मैले बस चढाइदिएको," उसले भनी । केहीबेर सबै मौन भए । आश गरे, फर्केली भनेर ।
भ्ाोलिपल्ट बिहानै एफएमहरूले समाचार फुके, "माइतीघरको सडक किनारमा वृद्ध महिलाको बेवारसिे लास भेटियो ।"

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 0
Tweet

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 21 min ago
  • hlw
    22 hours 1 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 16 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 8 hours ago
  • Good
    1 week 8 hours ago
  • .Thanks
    1 week 15 hours ago
  • Pratikritiya dinu vaekoma
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • मरे पनि हुन्थ्यो भन्ने यहाँ सबैको कहर छ
  • मेरो बारेमा नसोची
  • एकदिन एक्लै हुँदा
  • सरकार पो किन चाहियो
  • काँचो धागो...
  • अल्लाहलाई निवेदन
  • जातै पिच्छे टुक्रा टुक्रा
  • प्रकृति-नियम
  • छायाहरूको जुलुस
  • गयौ तिमी टाढा
  • ऊ बेश्या होइन
  • सम्झना
  • बुलाकी त्यो कण्ठा हरायो
  • गाह्रो भयो मलाई
  • हो म असक्षम थिएँ
  • शीर्षक के हो ? (मुना २०६७ चैत)
  • जसरी नि लिएर जाने हो
  • जनजागरणको महाकालीदेखि मेचीसम्मको यात्रा राजविराज
  • फेरि आयो रात प्यास लिएर
  • पछुतो
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित