Skip to content


जन्मिए म जहाँ
उनै भूमिलाई
जन्मभूमि भनेर जाने ।
सबैले जान्ने पनि यही हो ।
हो आफ्नै माटो,
आफ्नै बाटो,
प्रिय ! जन्मभूमि !
त्यही भूमिमा
स्वतन्त्र हिंड्न पाईन्छ,
जन्मभूमिको
आगन टेकेर
खुल्ला बोल्न पाईन्छ ।
म,
यही जन्मभूमिको आगनमा
खुब नाचेको छु,
खुब कराएको छु,
खुब उफ्रिएको छु,
तमासा दाउडिएको छु ।

कति पटक
श्रद्धाले शिर राखेको छु,
जन्मभूमिमा ।

फूल रोपेको छु,
फूल कोपिला फक्राएको छु,
फूलबारी रङ्गिन फुलाएको छु ।
रुख रोपेको छु,
झ्याङ्गिएर रुखले
बिशालता लिएको छ ।
यी सब सब गर्न
मलाई कसैको
छेकबार छैन,
रोकठोक छैन ।
स्वतन्त्र
म गरिरहन्छु,
म रमाइरहन्छु ।
मेरो प्रिय जन्मभूमिमा ।

स्वर्णिम बिपनाहरूको
संसार छ – जन्मभूमिमा ।

बिडम्बना भनुँ
कि
अफसोच ?
स्वर्णिम बिपनाहरू बेचेर
रङ्गिन सपनाहरू देख्दै
म त्यो प्रिय भूमि छाडेर
पराइ भूमि पुगेको छु ।
मैले सुनेको
यहाँ सुन फल्छ,

भने जति
झोला भरी भरी
सुन टिप्न पाईन्छ ।
मैले नि देखे सपना ।
अनि,
पुगे सुन टिप्न
झोला भरी भरी,
पराइ भूमिमा ।

बल्ल पो थाहा भयो
पसिना बगाउनुको पीडा ।
पराधिन बाच्नुको पीडा ।
सीमित अवधिको
घेरा बन्दीभित्र
“अस्थाइ बसोबास पत्र”लाई
नबिकरण गर्दै बस्नुको पीडा ।
अनि,
अन्तिम दर्जाको
नागरिक जिउनुको पीडा ।
परिधि र सीमित अधिकार लिएर
पराइ भूमिमा
बोझिलो पाइला टेक्नुको पीडा ।
कति बोल्ने ?
कति नबोल्ने ?
कति गर्ने ?
कति नगर्ने ?
कति हिंड्ने ?
कति नहिंड्ने ?
सबै सबै अरुको अधीनमा बाँच्नुको पीडा ।
पसिनाको भेल
जति बगे नि
त्यसको मुल्य
त्यही पराइ भूमिलाई मात्र मिल्ने ।
काल कोठरि झै लाग्ने
यो पराइ भूमि
जन्मभूमि जस्तो
कहाँ स्वतन्त्र हुनु र ?
बेहिसाब फरक ।
असीमित् असमानता ।

मैले भोगेको
जन्मभूमि
र,
पराइ भूमि
कति हो कति भिन्न छ ।
कति हो कति फरक छ ।

बिरानो देशबाट
२७ जुलाई २०१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *