Skip to content


मानव हो मानवतावादी दम चाहियो
अहम्ता र अहंभाव कम कम चाहियो

देश आज गरिब छ, योजनाको कमजोडी
योजनाको कार्यन्वयन् उच्च गम चाहियो

पसिनाको सिँचाइले फलाइन्छ अमृतफल
अमृतफल प्राप्त गर्न कर्म मम चाहियो

जागरण जागरण हुनै पर्छ जागरण
जागरण शक्तिभक्ति रम रम चाहियो

हाम्रा पुर्खा वीर थिए हामी पनि वीर छौं
वीरताको रक्तप्रवाह टमाटम चाहियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *