Skip to content

कामगर्ने बेला हुँदा


काम गर्ने बेला हुँदा, सुत्छौ अनि गल्ती हुन्न?
भएपछि ढिला धेरै, उठ्छौ अनि गल्ती हुन्न?

तयारी त चाहिन्छ नि, एकै चोटी कहाँ हुन्छ?
ताते गर्नु सिक्नु पूर्व, कुद्छौ अनि गल्ती हुन्न?

जनताबाट केका निम्ति, चुनिएको विर्सिएर
कुर्सी निम्ति आफू आफैं, जुध्छौ अनि गल्ती हुन्न?

जुन ठाउँमा पुग्नुपर्ने, त्यतै पाइला खै चालेको?
लक्ष्य पूर्व, पश्चिमतिर, पुग्छौ अनि गल्ती हुन्न?

फरक मत राख्नेको नि, आकांक्षा त बुझ्नुपर्यो
जनता भन्या’ आफै मात्र, बुझ्छौ अनि गल्ती हुन्न?

Leave a Reply

Your email address will not be published. Required fields are marked *