Skip to content

मैले कहिल्यै सोचेको थिईन यस्ती होली मेरी सानी


मैले कहिल्यै सोचेको थिईन
यस्ती होली मेरी सानी,
मुहार हेर्दा मासुम तिम्रो
रैछौ साँच्चै मायाकी खानी ।।१।।

थाहै नपाई सुटुक्क मैले
तिम्रो माया मनमा पालेछु,
दिलमा राख्दा तिम्रो तस्बिर
सपनीमा तिमीलाई देख्न थालेछु ।।२।।

कति सभ्य कति शालिन,
मिजासिलो त्यो तिम्रो बानी,
मुहार हेर्दा मासुम तिम्रो
रैछौं साँच्चै मायाकी खानी ।।३।।

मेरो एक्लो जीवनमा अब
बहार बनेर तिमी छाउनु,
जीवन भर बाटो हेरछु तिम्रै
खुःसी लिएर तिमी आउनु ।।४।।

लठै पार्ने मुस्कान राम्रो
राम्रो झनै आँखाका नानी,
मुहार हेर्दा मासुम तिम्रो
रैछौं साँच्चै मायाकी खानी ।।५।।

सायद भ्रम हुनसक्ला मेरो
मैले सोचेका सबै कुरा,
तिम्रै साथ मागेनी मैले
हुन नसक्ला कि तिमीबाट पुरा ।।६।।

जे जस्तै भएनी माने
मैले तिमीलाई दिलकी रानी,
मुहार हेर्दा मासुम तिम्रो
रैछौं साँच्चै मायाकी खानी ।।७।।

मैले कहिल्यै सोचेको थिईन
यस्ती होली मेरी सानी,
मुहार हेर्दा मासुम तिम्रो
रैछौं साँच्चै मायाकी खानी…… दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *