Skip to content

नयाँ नेपाल कहा छ ?

प्रत्युषका कुन्जकोटर भित्र
अकाट्य र अनिर्वेष्यका
आभा स्वरुप आँकड भित्र
परतन्त्रको स्वीकार्य हैन
स्वतन्त्रताको गरिमा भित्र
लुकेको छ हैँ नयाँ नेपाल ||

धर्म र सँस्कृतिको आड लिएर
दीन दु:खिको वेदना भित्र
हिमाल पहाड ,तराई सम्म
बिभिन्न भाषा जात जातीको
ढुक-ढुकि भित्र अन्तर्गुहामा
लुकेको छ है नयाँ नेपाल ||

प्रफुल्लित मुद्रालिएर बस्ने
साधु र सन्तलाई गौरव सम्झ
जुन सुकै धर्म र सँस्कृति भएनि
समान दृष्टि राखि त हेर !
अभावताको निराशा छाडि
सधै प्रसन्न बनि त हेर !
अगाडि छ है नयाँ नेपाल ||

हैकमताको आड पन्छाई
समान दृष्टि राखि त हेर !
शु-शान्त देशका सन्तति हामी
बुद्धको सन्देश बुझि त हेर !
दौरा र सुरुवाल ,गुन्यू चोलिको
सम्मान कहिल्यै गरि त हेर !
अगाडि पाउँछौ नयाँ नेपाल ||

लेके र बेसीका ती धामी-झाक्री
त्यतिकै तिनले ढ्याङ्ग्रो ठोकेनन्
मन्दिरको द्वारमा दिन दिनै धाउने
त्यतिकै तिनले घण्टि ठोकेनन्
धर्मको मर्मलाई बुझि त हेर !
त्यहि छ तिम्रो नयाँ नेपाल ||

बन्दुकको नादले त्रसित गर्ने
दिन दहाडै इज्जत लुट्ने
सामन्ति प्रथा अन्त्य गरेर
शँख र घण्टि वेदको मर्म
बुझ्नेहरुको इज्जत मात्रै
गर्ने कोशिश गरि त हेर !
अगाडी पाउँछौ नयाँ नेपाल ||

धर्मको नाममा दूरी भयो है
खुनको नाता गासी त हेर !
प्राचिन विद्या लुप्त हुदै छ
विदेशीहरुले आँखा लाए है
नेपाली पनको भाका बुझे र
गौरवले शिर ठाडो पारी त हेर !
सामुन्ने पाउँछौँ नयाँ नेपाल ||

Leave a Reply

Your email address will not be published. Required fields are marked *