वास्तु शास्त्र:
kushalji — Mon, 07/30/2012 - 22:49
वास्तु शास्त्र
के हो वास्तु ?
वास्तु शास्त्र त्यो विज्ञान हो जसका माध्यमले ब्रह्मांडका विभिन्न ऊर्जा- जस्तै घर्षण, विद्युत चुम्बकीय शक्ति र अलौकिक ऊर्जाको साम्य विन्दुका साथमा मनुष्य जुन वातावरणमा रहन्छ , त्यसको बनावट र निर्माणको अध्ययन गर्ने शास्त्र हो
वास्तुका श्रेणिहरु :-
भूमि , घर बनाउनको लागि जमीन, भवन , भूमिमा बनाइएको कुनै पनि प्रकारको ढाचा , भूमिमा कुद्ने जुन सुकै प्रकारको वाहन , शयन , भवन भित्र राखिने फर्निचर , घरको सजि-सजावटको सबै तरिका आदि यी सबै श्रेणिहरुले वास्तुका नियमलाई नै दर्शाई रहेका हुन्छन् यस अंतर्गत भूमि जमीनको चयन, जमीनको योजना अनुस्थापन, क्षेत्र र प्रबन्ध रचना, भवनका विभिन्न भागका बीचको अनुपातिक सम्बन्ध र भवनका गुणहरु आउँछन् ।
वास्तु सम्बन्धि तर्क :-
वास्तु शास्त्र, क्षेत्र ( सूक्ष्म ऊर्जा ) को सिद्धान्तमा आधारित शास्त्र हो , जुन चाँहि यस्तो गतिशील तत्व हो जस अन्तर्गत पृथ्वीका सबै प्राणी अस्तित्वमा आउँछन् र त्यहि नै समाप्त पनि हुन्छन् । यस ऊर्जाको प्रवाह प्रकृतिका सबै प्राणिका विशेष चेष्टा र त्यसको समयमा आधारित हुन्छ । वास्तुको मुख्य उद्देश्य प्रकृतिका सानिध्यमा रहेर भवनहरु निर्माण गरि लुप्त उर्जालाई जागृत गर्दै वास्तविक जीवनको आनन्दानुभुति गराउँनु हो । वास्तु विज्ञानमा निपूर्ण कुनै पनि भवन निर्माता , भवनको निर्माण यस प्रकारले गर्दछ जसमा भवन धारक जन्मिएको समयका ग्रह मँडलको उर्जा प्रवाह या कंपनको स्वरुप र भवनमा उर्जा प्रवाहको स्वरुप आँकिक रुपले करिब-करिब बराबर हुन आउँछ
वास्तु पुरुष मंडल :-
वास्तु 'पुरुष मंडल' वास्तु शास्त्रको अभिन्न भाग हो । यसमा घरको बनावट, उत्पत्ति ,गणितीय चित्रका आधारमा गरिन्छ । जसले 'पुरुष' ऊर्जा, आत्मा र ब्रह्मांडीय व्यक्तिको प्रतिनिधित्व गर्दछ । त्यहि 'मंडल' कुनै पनि योजनाका लागि जातिगत नाम हुन्छ । वास्तु 'पुरुष मंडल' वास्तु शास्त्रमा प्रयोग गरिने विशेष मंडल हो , यो कुनै पनि भवन/मन्दिर/भूमिको आध्यात्मिक योजना हो र यसले आकाशीय संरचना र अलौकिक बललाई संचालित गर्दछ ।
दिशा र देवता :-
प्रत्येक दिशा एक विशेष देवता द्वारा संचालित हुन्छ ।
उत्तर पूर्व - यो दिशा भगवान शिव द्वारा संचालित हुन्छ ।
पूर्व - यस दिशामा भगवान सूर्यको निवास हुन्छ ।
दक्षिण पूर्व - यस दिशामा अग्निको निवास हुन्छ ।
दक्षिण - यस दिशामा यमको निवास हुन्छ ।
दक्षिण पश्चिम - यस दिशामा पूर्वजहरुको निवास हुन्छ ।
पश्चिम - यस दिशामा वायु देवताको निवास हुन्छ ।
उत्तर - यस दिशामा धनका अधिष्ठाताको निवास हुन्छ ।
केन्द्र - ब्रह्मको निवास केन्द्रमा हुन्छ
वास्तु र योग :-
वास्तुशास्त्र योगको सिद्धांत सँग निकै मिल्दो-जुल्दो छ । जसरी कुनै योगीको शरीरबाट प्राण (ऊर्जा) मुक्त रूपले प्रवाहित हुन्छ त्यसैगरि वास्तु गृह पनि यस प्रकारले बनाइएको हुनु पर्छ जसमा ऊर्जाको मुक्त प्रवाह हुन सकोस् वास्तु शास्त्रानुसार एक आदर्श ढाँचा त्यो हुन्छ जुन ढाँचा ऊर्जा प्रवाहमा गतिशील साम्यको प्रतीक हुन सकोस् । यदि उर्जा साम्य भएन भने जीवनमा पनि उचित तालमेल हुन सक्दैन । वास्तुशास्त्रको सिँहावलोकनले यहि कुरालाई दर्शाउँछ कि प्रत्येक भवन चाहे त्यो घर होस् ,गोदाम होस् , फैक्ट्री होस् अथवा कार्यालय होस्, त्यहाँ अविवेकपूर्ण विस्तार तथा फेरबदल आदि हुनुहुदैन ।
मुख्य द्वार:-
भवनमा 'प्राण' (जीवन-ऊर्जा) को प्रवेशका लागि द्वारको स्थिति र द्वार खोलिने दिशाले वास्तुलाई विशेष गणना द्वारा चुनेको हुन्छ । यसको ठीक चयनले सकारात्मक ऊर्जाको प्रवाह बढाउँन सकिन्छ । घरको अगाडी र पछाडीको द्वार एउटै सीधा लाईनमा हुनु पर्छ , जसका माध्यमले ऊर्जाको प्रवाह बिना कुनै रोकावटले चलि रहोस् । ऊर्जाको यस मार्गलाई 'वम्स दंडम' भनिन्छ , जसलाई मानवीकरण गर्दा मेरुदण्डको संज्ञा दिइन्छ । यसबाट हुने ताथ्यिक लाभ भने घरमा शुद्ध हावाको आवागमन नै हो आत्मिक महत्वको माध्यमले पनि सौर्य ऊर्जाको मुख्य द्वारबाट प्रवेश र पछाडीको द्वारबाट निर्गम हुनाले , घरमा ऊर्जाको प्रवाह बिना रोकावट निरंतर भई रहन्छ ।
घर र वास्तु शास्त्र:-
घर केवल बस्ने ठाउँ मात्र हैन , यो हाम्रो मानसिक पटलको विस्तार र व्यक्तित्वको दर्पण पनि हो । जसरि हामी आफूले चाहे जस्तो तरिकाले घरको बनावटी आकार दिन्छौ , सजावट गर्छौ , र यसको देखभाल गर्छौ , त्यसरि नै यसले पनि हाम्रो स्वभाव, विचार, जैवीक ऊर्जा, निजी र सामाजिक जीवनको पहीचान, व्यावसायिक सफलता आदिको वास्तविकता बोध गराउँछ
ज्योतिष एवँ वास्तुमा स्वस्तिक
जातकको जन्म कुण्डलीमा पनि स्वस्तिक बनाइन्छ नामाँक ज्योतिषमा यस प्रतिकलाई प्रतिष्ठा,मान-सम्मान, वृद्धि, जीवनमा सफलता र उन्नतिको प्रतिक मानिएको छ वास्तु शास्त्रले पनि दोष निवारणका लागि " स्वस्तिक "लाई नै स्विकार गरेको छ जुन घरमा वास्तु दोषको सम्भावना रहन्छ त्यस घरको मुख्य द्वारमा नौ अँगुलको स्वस्तिक बनाउँनाले घरका समस्त वास्तु दोष स्वत: दूर हुन्छन्
वास्तु दोष निवारणका लागि चमत्कारी उपायहरु:-
१पानी पिउदा आफ्नो मुख उत्तर-पूर्व तर्फ गर्ने
२ भोजनको थाल दक्षिण-पूर्व तर्फ राखेर पूर्वाभिमुख भई भोजन गर्ने
३ सुत्दा खेरि दक्षिण-पश्चिम कोणमा दक्षिण तर्फ सिराने गरेर सुत्ने
४ पूजा गर्दा आफ्नो मुख उत्तर वा पूर्व तर्फ गरेर गर्ने
५. सम्यक उन्नति हेतु लक्ष्मी , गणेश , कुबेर , स्वस्तिक ,ॐ , मीन आदि माँगलिक चिन्ह मुख्य द्वार माथि स्थापित गर्ने
६ दक्षिण -पश्चिम दिशामा अधिक द्वार र झ्यालहरु भए बन्दगर्ने वा सँख्या कम गर्ने
७ भान्सा घर गलत स्थानमा भए अग्निकोणमा एउटा बल्ब लगाउने र त्यसलाई बिहान बेलुकी अवश्य
जलाउने क्रमश........
- 6543 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
46 sec ago - Reply to comment | मझेरी डट कम
50 sec ago - Reply to comment | मझेरी डट कम
1 min 12 sec ago - Reply to comment | मझेरी डट कम
1 min 18 sec ago - Reply to comment | मझेरी डट कम
1 min 59 sec ago - Reply to comment | मझेरी डट कम
2 min 4 sec ago - Reply to comment | मझेरी डट कम
2 min 21 sec ago - Reply to comment | मझेरी डट कम
2 min 27 sec ago - Reply to comment | मझेरी डट कम
2 min 54 sec ago - Reply to comment | मझेरी डट कम
3 min 24 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- म पानी हुँ
- कुकुर
- समयकाे धुन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- गजल
- यसै गरी मिलोस तिम्रो माया
- सहकारी नारा (कविता)
- आत्मा र परमात्माको खोज
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- काली
- महलकी रानी
- सहिद औपचारिकता वा महान बलिदान ?
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
- सोह्र सोमबारको व्रत
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- अ फुल लेन्थ संङ्ग
- चप्पल छिने के भो र यात्रा जारी छ
- शोधमूलक खोटाङ दर्पण
- लिपुलेक कालापानी जिन्दावाद
- माताश्रीको ताडनाबाट बनेको मेरो भाग्गे
- परिवर्तन
- मान्छे हो! यिनलाई प्यार गर है
- ट्राफिक जाम !
- आशा जति पानी भयो
- सत्यजस्ता लाग्ने कथाहरू
- सुर्यको जीवन
- आउँछ जान्छ रोकिन्न त्यही हो यौवन पनि
- अनुत्तरित प्रश्न (संस्मरण)
- यो जिन्दगी त्रास भयो
- सगरमाथाको उचाई बढ्दै छ
- खहरेको भेल-रहेछ
- गुन्द्रुक ढिडो भए पनि सँगै बसी खाउँला आमा
- बतास ठूलै अब चल्न थाल्यो
- पैसा
- जिल्ल परे मान्छे
- देवकोटालाई “महाकवि” दिने ईश्वर बराल थिए
- जिन्दगी
- स्रष्टाहरु गुमाउँदाको पीडा
- यो मनलाई अझै कति जलाऔँ म (गजल)
- छाडी उनले साथ्
- कुरा चल्दैछ तिम्रो बारे
- जीवनको उत्तरार्धमा छोड्ने
- टाढा टाढा जानु छ साथी
- मन लाग्छ
- चढाउ स्रद्धाको माला
Post new comment