Skip to content

विरामी मान्छे

  • by


पुस कटेर के भयो त,
खुसी रोपेर आँशु फलाउने खडेरीहरू,
राँको बालेर तोरी फुलाउने बर्षाहरू
र टमाटरको बोटमा खुर्सानी फल्ने
दिनहरू बाँकी नै छन ।
खरानी घसे पनि,
अँध्यारो गुफाको मान्छे अँध्यारै हुन्छ
तर टमाटरको बोटमा खुर्सानी फले जस्तो
चहकिलो, उज्यालो दिन ढलेजस्तो
नमिठो छैन बिरामी मान्छे
छ त केवल आशिलो मन बोकेको ।
तर मान्छे विभाजित छ पत्र पत्रमा
र उस्क अघिल्तिर सुन्दर सपनाहरू
फनफनी नाचिरहेछन-तोरीको फूलमा भमरा नाचेजस्तो,
तर भर्खर पुस कटेको छ -कट््दैमा केही भएको छैन ।
ऊ भयग्रस्त छ,
उस्का सपनाहरू आँशु फलाउने खडेरीका
हावाहुरीले टुटाउने पो हो कि,
या बर्र्षाका भलहरूले सोहर्ने पो हो कि,
शङ््खामाझ ऊ ओछ्यानमा पल्टन्छ
र सबै बेकार सम्झन्छ
किनकि ऊ अँध्यारो गुफाको
विरामी मान्छे न हो ।

—दिनेश न्यौपाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *