Skip to content

साधु चोर बनेपछि

  • by


साधु चोर बनेपछि अरू के चाहियो
सबै मिलेका रहेछन थाहा पाइयो

आज भोलि जे गरे पनि हुने रहेछ
गाई र गोरुलाई यौटै जुवामा दाइयो

जसलाई बिस्वास गरेथे जनताले
त्यसैबाट बारम्बार उपेक्षा गाइयो

एउटा भाइ भोकले छटपटी रहेछ
अर्कोबाट डढाउन चामल लाइयो

बिदेशीसित हात जोड्दा मख्ख छन्
देशप्रतीको ममता भुटी खाएको पाइयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *