तिम्रो नाम मनले मुटुमा भर्न लाग्यो ।
मायामा फसेर लौन ज्यानै मर्न लाग्यो ।
उनको नयन मृगनयनी रुप छ उद्धिप्त
उनलाई देखि दुनियाँ लठै पर्न लाग्यो ।
सुस्तरी सुस्तरी चल्दा पवनले पनि,
सुगन्ध नै मायाको विस्तारै छर्न लाग्यो ।
खातैखात उनले माया मनमा भर्दा,
नयनदेखि हर्षका आँसु झर्न लाग्यो ।
न दयाको न मायाको कठोर हृदयको
यस्तो दर्पण प्रितमा अब सर्न लाग्यो ।……….दर्पण