Skip to content

धर्ती हाम्री माता जननी


धर्ती हाम्री माता जननी
हिमाल सबैको शिरको टोपी,
हामी सबै अधि बढौं
अब शान्तिको बिऊ रोपी ।।१।।

बाउन क्षेत्री नेवार भन्छौं
मधेसी तामाङ्ग लिम्बू राई,
किन कुरा बुझदैनौं अब नि
हामी सबै भाइ–भाइ ।।२।।

रगत बगाई पाउने के
आफनालाई नै छुरा घोपी,
हामी सबै अधि बढौं
अब शान्तिको बिऊ रोपी ।।३।।

अखण्ड सुन्दर नेपाल हाम्रो
किन खण्ड खण्ड पार्नु,
आफनै देशमा किल्ला गाडी
यसको नि अब सिमा बार्नु ।।४।।

एकजुट भई बरु जाऊँ
आऊँ सिमाको किल्ला ठोकी,
हामी सबै अधि बढौं,
अब शान्तिको बिऊ रोपी ।।५।।

धर्ती हाम्री माता जननी
हिमाल सबैको शिरको टोपी,
हामी सबै अधि बढौं
अब शान्तिको बिऊ रोपी …………..दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *