Skip to content

कतै बाट पनि कुनै छल नहोस मित्रतामा
बर्षायामको जस्तो भल नहोस मित्रतामा

युगौ युग सम्म पनि निरन्तर राख्नु पर्छ
रोमान्स गरेझै दुइ पल नहोस मित्रतामा

निश्चल निर्मल हुनुपर्छ सबैले छि छि गर्ने
दुंगदुन्ग्ती गहनाउने ढल नहोस मित्रतामा

त्याग तपस्या हुनुपर्छ सबैले काम सकेर
फालिएको अपवित्र जल नहोस मित्रतामा

सधै स्थिर रहनु पर्छ मन एकअर्कामा नकि
भूकम्पको धक्काझै हलचल नहोस मित्रतामा
बालकुमार फगामी मगर …
देबिस्थान म्याग्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *