नलुकाउ धेरै जवानी तिम्रो ढल्कि जाला कान्छी
उमेर जादा पश्चतापको घाउ बल्झी जाला कान्छी
बेलैमा बुद्दी पूराउ नत्र तिन माना पाउडर दलेपनि
अनुहारमा बुढेसकालको रेखा टल्कि जाला कान्छी
घरजम गर्ने अतृप्त चाहानाहरु मनभित्र हुदाहुदै पनि
यौबनको त्यो रसहरु बेकारमा छल्कि जाला कान्छी
….पछि फेरी तल्लाघरे माइलीको घोर्ले छोरा देख्दा
भित्रभित्रै जलनको ठुलो आगो सल्कि जाला कान्छी
..बेलैमा आखा देख जवानी तिम्रो ढल्कि जाला कान्छी
पछि भित्रभित्रै पश्चातापको आगो सल्कि जाला कान्छी
बालकुमार फगामी मगर देबिस्थान म्याग्दी