Skip to content

सागरका निश्चल ती

  • by


सागरका निश्चल ती, लहरमा तिम्रै नाम छ
मेरो गीत गजलका, बहरमा तिम्रै नाम छ !

मधुरय संगीतम, समलाको ताल’हौं तिमी
प्राण मेरो जीवनको, ढुकढुकी चाल’हौं तिमी
जिन्दगीका अनगिन्ती, रहरमा तिम्रै नाम छ
मेरो गीत गजलका, बहरमा तिम्रै नाम छ ;

सुशोभित सरगम, फूल्को मिठो सुबास तिमी
यो मुटुको मुटुभित्र, मायालुको आभास तिमी
मौसमका हरेक’ती, प्रहरमा तिम्रै नाम छ
मेरो गीत गजलका, बहरमा तिम्रै नाम छ ;

सागरका निश्चल ती, लहरमा तिम्रै नाम छ
मेरो गीत गजलका, बहरमा तिम्रै नाम छ !

‘नरेन्द्र घर्ती ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *