• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

भवनीशङ्कर दङ्गाल र उनको गीतासार

parasmani shama — Sun, 08/12/2012 - 09:59

  • साहित्यिक खोजपत्र
  • पारसमणि शम

भवनीशङ्कर दङ्गाल र उनको गीतासार
पारसमणि शम एवं के एन शर्मा (संयुक्त खोज एवं लेखन)

भवनीशङ्कर दङ्गालको जन्मतिथि, जन्मस्थानबारे टुङ्गो लाग्न नसके पनि उनी पूर्व सिक्किमको पाण्डाम भुरुङ गाउँ निवासी रहेका थिए अनि सन् १८८७ भन्दा धेरै अघि नै उनको परिवार त्यहॉं रहने गर्थ्यो भन्ने निश्‍चित गर्न सकिन्छ|
भवानीशङ्कर दङ्गालकृत गीतासार अहिलेसम्मको खोजीमा प्राप्त सिक्किमको दोस्रो पौराणिक गद्य साहित्य हो| यसभन्दा अघि नै १८७७-८३ तिरै नै सन्तकवि ज्ञानदिल दासले जमगीता लेखेका थिए| भवानीशङ्करको सम्पर्क सन्त ज्ञानदिल दाससँग थियो थिएन त्यो त टुङ्गो नलागे पनि उनी ज्ञानदिल दासका समकालीन थिए अनि सिक्किममा नेपाली साहित्यको पृष्ठभूमि विकासमा संयुक्त योगदान दिएका थिए भन्नसकिन्छ|
प्रस्तुत गद्यमा भवानी शङ्कर दङ्गालले आफ्नो क्षमता र ज्ञानानुसार समस्त सृष्टि र ब्रह्माण्ड तथा परमात्मा तत्वको विवेचना गरेका छन्| संक्षिप्त रूपमा कसरी परमात्मा तत्त्वसित साक्षात्कार गर्ने भन्ने विषयमा पनि आफ्नो विचार राखेका छन्| उनले परमात्मा तत्वलाई भागवत् गीतामा झैं यंत्र रूढानि मायया भने जस्तै सर्व चिजमा व्यापक रहेर सञ्चालन गरिरहेको स्वरूपमा दृष्टिगत गरेका छन्|
उनको प्रस्तुत गद्यको भाषा समयानुसार समकालीन सन्त ज्ञानदिल दास सरह कै छ| प्रस्तुति पनि एकै किसिमको रहेको पाइएको छ| पुरानो लेखन पद्धतिमा लेखको अन्तमा पुगेर भूल-चुकमा क्षमा प्रार्थना गर्ने परम्परा उनले पनि बखुबी पालन गरेका छन्| आफूलाई उनले अबोध बालक जस्तो टुङ्गोमा राखेर आफ्नो ज्ञानको न्यूनतामा भूल हुनसक्ने कुरालाई स्वीकारेका छन्| अझ बढी to err is human and the perfection is thy name अर्थात् ईश्‍वर मात्र पूर्ण छ र हामी माटोका पुत्ला मानिसहरूबाट गल्ती अवश्यंभावी हुनसक्छ भन्ने विनय उनमा प्रसस्त झल्किन्छ|
जेदक्षेर पद्भ्रष्ट मात्राहिनंतु येद्भवेत् तत सर्वक्षेमातम देव प्रसिधम् परमेस्वर (यदक्षर पदभ्रष्टं मात्राहीनं च यद्भवेत्| तत्सर्वं क्षम्यतां देव प्रसीद परमेश्‍वर॥ मनजाणं तिम वालषम नजाणंति मुर्खम नजाणंति मनुष्यात मुजानंति परमेस्वर ॐ कार व्रह्मा (नजानामि बालकं न जानामि मूर्खं न जानामि मनुष्यात् नजानामि परमेश्‍वर ॐ कार ब्रह्म||)|
अर्को रोचक पक्ष के छ भने आजको हाम्रो प्रिन्टलाइनमा लेखक, सम्पादक, मुद्रक, प्रकाशक आदिका नाम राख्ने कुरा पुरानो परम्पराको अनुसरण रहेछ भन्ने उनका प्रस्तुतिले स्पष्ट गराउँछ| उनले आफ्नो लेखको अन्तमा गएर आफ्ना पिता, पितामह र आफ्नो परिचय, वासस्थान आदिको विवरण दिएका छन्|
यस विवरणको अर्को रोचक पक्ष के छ भने उनले आफ्नो गाउँको सन्दर्भमा टिस्टा-रम्फू सङ्गम नजिकैको सिक्किमको अंश तर भोटाङको अधिकारमा रहेको भुरुङ गाउँ भनी जनाएका छन्, जो त्यस समय र त्योभन्दा अघि पेन्दीवङ्मोको नेतृत्वमा भोटाङले कब्जामा राखेको र सम्भवतः पाण्डाम गाउँ पनि पेन्दीवाङ्मो बाटै उद्धृत भएको र डुगा भोटाङेहरूको शिविर रहेको तथ्यले उनले बताएको जग्गाको ठेगाना ऐतिहासिक तथ्यसित मेल राख्दछ|
श्री सम्वत १८.९ (शक संवत् १८०९)| १९४४ (विक्रम संवत् १९४४) साल वैसाकावदि (वैशाखवदि)१२दसि (द्वादशी) रोज सतभिषा (शतभिषा) नक्षेत्र (नक्षत्र) गौतमा (गौतम) गोत्र रामनरांक (रामनारायणको) पैलो (पहिलो) पुत्र छविलाल धर्रमांन (धर्मानन्द) दुउतिये (दोस्रो) पुत्र स्यामुलाल (श्यामलाल) तिृतिये(तेस्रो) पुत्र सिलाल (शिवलाल) गनपति(गणपति) गौउतमा (गौतम) गोति (गोत्री) स्यामुलाल (श्यामलाल) भनिसर्ंष (भवानीशङ्कर) दगाल (दङ्गाल) लिषिते (लिखिते) गीतासार्र (गीतासार) सुषिंम (सिक्किम) सावराज्य (साम्राज्य) टिस्टारंफु (टिस्टा रम्फू) जोर्रका (जोडका) भोटं (भोटाङ) भुरु (भुरुङ) गाउ (गाउँ) वस्ने (बस्ने) रामनारायेनका (रामनारयणका) दुतीये (दोस्रो) पुत्र भनिसर्ंष (भवानीशङ्कर) लिषितम्ः (लिखितम्) राम कृस्नु(कृष्ण) विस्नु (विष्णु) लछिमि (लक्ष्मी) दे (देवता) व्रह्मामा भुल चुक माफ गुरु (गर) ॐ कार्र (कार)॥
भवानीशङ्खर दङ्गालले गीतासार सन् १९८७ -को अप्रेल महिनाको १९ तारिक मङ्गलबारको दिन तद्ानुसार विक्रम सम्वत १९४४ वैशाख ८ गते पूरा गरेका थिए| यो एकै दिनमा सिर्जना गरिएको कृति चाहिँ होइन्| यसको कागज, कलम र परिश्रम हेर्दा कम्तिमा दीर्घ श्रमद्वारा सिर्जना गरिएको हुनुपर्छ| तर यसको पूर्ण स्वरूप भने १९ अप्रेल, १८८७-मा पूर्ण भएको स्वयं लेखकले बताएका छन्| कुनै पनि व्यक्तिले साहित्य सिर्जना जस्ता सिर्जनात्मक कार्य अनुकूल वातारणमा मात्र पूरा गर्नसक्छ र त्यो कार्य गर्न उक्त व्यक्ति उक्त स्थानमा लामो समयदेखि बस्तै आएको, गास, बास र कपासको व्यवस्था मिलेको हुनुपर्छ| यसोस् भवानीशंखर र उनको परिवार १८५० तिरै भुरुङमा बस्तै आएको अनुमान गर्न सकिन्छ|
प्रस्तुत कृतिलाई दंगालले पद्मपुराणको गीतासार भनेका छन्| ईतिश्री पद्मपुराणे श्रीकृस्न(श्रीकृष्ण) मुषरवृन्द (मुखारविन्द) शतगुरु (सद्गुरु) निरंन्जनि (निरञ्जन) अपार व्रह्मा परमात्मा गुरु के वात (बात) कहिया (कहियो) | पद्मपुराण सबैभन्दा ठूलो पुराण हो र यो चार खण्डमा विभाजित रहेको छ| सम्भवतः यो सृष्टि खण्डको भावानुवाद हुनसक्छ जसलाई अर्जुन-कृष्णको वार्तालापका रूपमा प्रस्तुत गरिएको छ| यसप्रकारको कथन भागवत्गीतामा पनि पाइन्छ| पद्म पुराण जस्तो विशाल ग्रन्थको सारतत्व प्रस्तुत गर्नसक्ने लेखक भवानीशंखर दङ्गाल संस्कृतका पनि विद्वान थिए भन्ने अनुमान लगाउन सकिन्छ|
भवानीशङ्खर दङ्गाल बंशका पहिलो साहित्यकार हुन् यसमा कुनै द्विमत छैन| उनका विषयमा खोज र अनुसन्धान जारी नै छ र यो प्रारम्भिक प्रयास मात्र हो|
यहॉं भवानीशङ्कर दङ्गालकृत गीतासार प्रस्तुत गरिन्छ|

भवानीशङ्कर दङ्गालकृत
गीतासार

श्री गणेशाय नमः
श्री गणेसाय (गणेशाय) न्नम (नमः)| ॐ कार मात्हात्मा(महात्मा) विस्तार कहुँ(कहन्छु)| श्री ॐ कार नारायेन(नारायण) अच्युत पमेश्‍वर(परमेश्‍वर) चतुर्भुज भगवांन (भगवान्)| तिमि (तिमी) कस्ता रहेछौ भन्या (भने)| दृष्टांगले पनि नदेखिन्या (नदेखिने)| कसैले पनि समावन(समाउन) नसकिन्या(नसकिने)| भावनाले पनि नजानिसक्ना (जानिनसकिने)| मनले पनि जानि नस्कन्या(नसक्ने)| यस्ता भगवांन(भगवान्) कौ (को/लाई) नमस्कार गर्दछुः हे परमेसोर (परमेश्‍वर) भगवानजि (भगवान्जी) तिमि (तिमी) कस्ता छौं| काहा (कहॉं) तम्रो (तिम्रो) वास छ भनि (भनी) अर्जुनले स्वाधनि(सोधनी) गर्न लाग्या(लागे)|
श्री भगवानुवाच| भग़वान (भगवानले) भन्दा भया (भए)| ॐ कार अक्षेर (अक्षर) परब्रह्मा देषि (देखि) सकल सनिसार (संसार) भयाका(भएका) हुंन (हुन्)| हे अर्जुन| मैले अदि (आदि) अंत्न (अन्त) रूप गरियाको (गरिएको) यो विस्तार कहंन्छु(कहन्छु) तिमिले (तिमीले) सुन्नुहवसः (सुन्नुहोस्)| अर्जुनलाई श्री भग़वान (भगवान्) भंन्दा(भन्दा) भयाः (भए) भग़वांन (भगवान्) भन्याको (भनेको) पनि मैञी (मै) हुं(हुँ)॥ वासुदेव भन्याको (भनेको )पनि मैञी (मै) हुं(हुँ)| श्री कृस्न(कृष्ण) श्री कृस्न(कृष्ण) भन्याको (भनेको) पनि मैञी (मै) हुं(हुँ)| गोविंन्द गोविंन्द (गोविन्द गोविन्द) भन्याको (भनेको)पनि मैहि(मै हुँ)| हरि हरि भन्याको(भनेको) पनि मैञी (मै) हुं(हुँ)| स्वाहरि (सो हरि) कस्ता छन्भन्या (छन् भने) निल (नील)व्ररनका (वर्णका) पिताम्वर (पीताम्बर)वस्त्र धारण गर्न्याका (गरेका) संख (शङ्ख) चक्र गद (गदा) पद्म भयाका (भएका)| चार युगको व्रर्ण (वर्ण) धार्न्याका (धरेका) जो ॐ कार ब्रह्मा हो तो(त्यो) तेस्परमेश्‍वार (त्यस परमेश्‍वर) को हो भन्या (भने) अपार ह्मा (ब्रह्मा) भन्याको (भनेको) तेसै (त्यसै) परमेश्‍वरलाई भन्नुः(भन्नु) तेसै (त्यही) परमेश्‍वरका शक्तिले सबै जगत्संन्सार (जगत् संसार) श्रीष्ठि (सृष्टि) उत्पति भयाको (भएको) हो| ॐ कार भन्याका (भनेका) मुल व्रह्मा (ब्रह्मा) भन्याका (भनेका) तिनै हुंन (हुन्) तव(तब) ति (ती) व्रह्मा(ब्रह्मा) कस्ता छन्भन्या (छन्भने)| सहस्र शिर्ष (शीर) भयाका(भएका) अनंन्त(अनन्त) वाहु (बाहु) भयाका (भएका) चारै जुगमा पनि अटलै भैरह्याका (भइरहेका)| ति परमेसोरको (ती परमेश्‍वरको) आदि अन्त कसैले नजानिसन्क्या(जानिनसकिने)| चार वेद पनि ति व्रह्मको (ती ब्रह्मको ) कर्म्म (कर्म) मात्र हो|
नारायन भन्याका (नारायण भनेका) पनि ति निरंन्जं हुंन (ती निरञ्जन हुन्)| ति निन्जन देषि (ती निरञ्जनदेखि) पनि उप्परमा(उपरमा) अपार व्रह्मा (ब्रह्मा) वस्यका छंन्(बसेका छन्)| अपार व्रह्मादेषि उप्परमा (ब्रह्मादेखि उपरमा) केहि पनि छैन| ति व्रह्मा विष्नु (ती ब्रह्म विष्णु) महेश्‍वर| श्री सरस्वति गायत्रि सावित्रि (सरस्वती गायत्री सावित्री) पनि तिनै अपार व्रह्मको नमस्का (ब्रह्मालाई नमस्कार) गर्दछन्| सबैका आत्मा आत्माका पनि परमअत्मा (परमात्मा) भै रह्याका (भइरहेका) परमेस्वार (परमेश्‍वर) हुंन्सर्व (हुन् सर्व) सरिरमा (शरीरमा) पनि परमासुष (परम सुख ) भैरह्याका (भइरहेका) पुरुख हुं(पुरुष हुन्)| सर्वइन्द्रियमा (सबै इन्द्रीयमा) पनि मनइन्द्रि (मन इन्द्रीय) भै रहाका( भइरहेका) तिनै परमेश्‍वर हुंन्(हुन्)| कर्णले पनि सुन्या (सुन्ने) पनि मनै हो| आषाले हेरन्या (आँखाले हर्ने) पनि मनै होः मुखले भन्या (भन्ने) पनि मनै हो| नाकले सुगंधलिउ भन्न्या( सुगन्धलिउँ भन्ने) पनि मनै होः भगलिंगको कामना गर्न्या (गर्ने) पनि मनै हो| षायाको भोरर्जन (खाएको भोजन) पनि फालन (फाल्न) लावन्या (लाउने) आफना घरम (आफ्ना घरमा) सुघर (सुग्घर) गरिराषन्या (गरिराख्ने) पनि मनै हो| पञ्चइन्द्रिया (पञ्चेन्द्रीय) वरोवर (बराबर) चलउन्या (चलाउने) पनि मनै होः हिर्दया (हृदय) कमलमा वशि (बसी) सर्वचितायो (सर्व चिताएको) मनसा गर्न्या (गर्ने) पनि मनै होः मनदेषि (मनदेखि) पर भग़वांन (भगवान्) अर्को छैन| म हुं (हुँ) भन्याका (भनेको) ख (?) देखि रस गंध भन्याका (भनेको) नाकदेषि (नाकदेखि) वरोवर (बराबर) हंसाले (हंसले)षेलना (खेल्ने) गर्दछ| जो हंसा (हंस) हो ता (त्यो) माणसि (मानसिक ?) ममिता (भमिता-भ्रमणीयता ?) गर्न्या(गर्ने)| सबै सनिसार(संसार) प्राण पुरुस (पुरुष)| परमहंस भई रह्याका (रहेका )पनि तिनै मनसा हुं(हुन्)| ति मनसा को हुँन्भन्या (हुन् भने) अपार ब्रह्माका हंसासहुंन् (अंश हुन्)| ती मन महि (मै)हुंन (हुँ) भनि समावनु(समाउनु)| तव हृर्दया (हृदय) षोलिन्च(खोलिन्छ) आफनु निज घर कस्तो छ भनि हेर मुख देखि पसि(पसेर) कमल गर्भसम्म हेरनु(हेर्नु)| तव आफनु (आफ्नो) सरिर(शरीर) येस्तो (यस्तो)रहेछ भनि जानिंछ(जानिन्छ)| जो हंसा हो ता (त्यो) आफनो सरिर तेहि (आफ्नो शरीर त्यही) भनि मनले समावनु (समाउनु) त्यो हंसा सर्वशरिरमा (सर्वशरीरमा) जलधारना गरि पानिको (पानीको) पिंन्डा (पिण्ड) जमाई| वडा सरिरमा(शरीरमा) देहस्वरूप भरि हंसाभई वस्यको (बसेको) छ| सुद्ध (शुद्ध) देहि गरि (गरी) हेरनु (हेर्नु) तव परमेश्‍वरको याद पाईछ(पाइन्छ)| जिह्वादेषि (जिह्वादेखि) रस्ति (रास्ता) चलिजानु कलेजाको नालि जो हो ता (त्यहॉं) जांन्या (जाने) आवन्या(आउने) रस्ति (रास्ता) तेहि (त्यही)हो| शुन्न्या(शुन्य) सरिर (शरीर) भयाका(भएका) ति हंसा छन्| मटिका (मट्टीका) देहिमा देहि (देहमा देह) मिलाई वसेका (बसेका)छन्| फोक्साको नालि जो हो ता (त्यो) तेसै (त्यसै) पत्रमा अस्ट पत्र छन् ति अस्ट (अष्ट) पत्र छन्ः ति अष्ट पत्रमाहा (पत्रमा)अष्ट दे़वता वस्याका (बसेका) छन्| योतिश्‍वरूप(ज्योतिस्वरूप) वर्ण छन्| ति अष्ट देवता को हुंन् भन्या (हुन् भने)| नव ग्रह सत्पवार(सप्तबार) भन्याका (भनेका)तिनै हुंन्(हुन्)| ताहा (त्यहॉं) पर डंडि भंन्यको(डण्डि भनेको) मुढो हो| तेस्के चौडेके (त्यसका चौ ढोके) सार छन्| तेसै (त्यसै) चौवाटामा (चौबाटामा) सूर्य्य वस्याका (सूर्य बसेका) छन्| ति (ती) सूर्य्य अपार व्रह्माका नेत्र हुंन्(हुन्)| तैसे (त्यसै) योतिदेखि (ज्योतिदेखि) सकल सनिसार(संसार) देषिंन्छ(देखिन्छ)| ति योति (ज्योति) आदित्त्या (आदित्य) कहियाका(कहिएका) शदासिव (सदाशिव) भन्याका (भनेका) तिनै हुंन्(हुन्)|
ति सुर्य्यसम्मको आवाग़वन (आवागमन) गए कैलासको वासा हुंन्छ (बास हुन्छ)| अव सूर्य्य पर चंन्द्रमा(चन्द्रमा) छन्| ति चंन्द्रमा(चन्द्रमा) को हुंन्भन्या (हुन् भने)| श्रीविस्नु (श्रीविष्णु) तिनै हुंन्(हुन्)| आनंदादि (आनन्दादि) र विवि (विभिन्न) कुम्भादि जोग (योग) जत्ति (जति)आयोगिनि(?)| श्रीसरस्वातिका (श्रीसरस्वतीका) आंसभई रह्याका (अंश भई रहेका) हुन्| ति चौसठि जोगिनि र गायेत्रि (गायत्री) सावितृ (सावित्री) सरस्वाति (सरस्वती) लक्ष्छमी (लक्ष्मी)| ई (यी) ति चार वाहुं (ती चार बाहु हुन्)| यकै सरस्वोतिका अंस बाहुं न्(एकै सरस्वतीका अंश हुन्)| तिनै सरस्वातिसम्मको आवागवन (आवागमन) गए| अमरापुरिको वास हुंनछ(हुन्छ)| श्री विस्नुको (विष्णुको) वाउ (बॉंया) अंग सरस्वाति हुंन्(सरस्वती हुन्)| ति अपार व्रह्माका (ब्रह्माका) कर्णमद्धे (कर्णमध्ये) चेतन्न्ये (चैतन्य) राखियाकि (राखिएकी)| ति सरस्वाति हुंन्(सरस्वती हुन्)|
अव ति चंन्द्रमा(चन्द्रमा) पनि कान्हौ (कुनै?) विषये (विषय) घंन्टा (घण्टा) भैरह्याका (भइरहेका) छन्| ति विस्नु चंन्द्रमा (विष्णु चन्द्रमा) द्वो(दुइ) अंगि छन्| एक अंग सरस्वाति(सरस्वती)| एक अंग चंन्द्रमा(चन्द्रमा)| ति चंन्द्रमा (चन्द्रमा) पनि अपार व्रह्माका (ब्रह्मा)नेत्र हुंन्(हुन्)| सताईस्नछेत्र (सत्ताइस नक्षत्र) कहियाका (भनिएका) र बाह्र मैना (महिना) काहियाका (कहिएका) स्वह्रर (सोह्र) तिथि कहियका (कहिएका) पनि तिनै चंन्द्रमा हुंन्(चन्द्रमा हुन्)| ऩव लाष (नौ लाख) तारा कहियाका (कहिएका) सत्ताईस नक्षेत्र (नक्षत्र)पनि तिनै हुंन्(हुन्)| येति (यति) सवै(सबै) अजम्मर (अजम्बर) मालाधरि| चंन्द्रमा उद्या (चन्द्रमा उदय) भैई (भई) आंटल (अटल) छन्| मुख सरसोति(सरस्वती) हृदया(हृदय) लक्ष्मी वस्याका(बसेका) अजम्मर (अजम्बर) वणमाला (वनमाला) धरियाका(धारण गरेका) पनि तिनै चंन्द्रमा हुंन्(चन्द्रमा हुन्)| तिनै चंन्द्रमासम्मको (चन्द्रमसम्मको) आवाग़वन (आवागमन)गए ईन्द्रासन(इन्द्रसन) संम्मको (सम्मको)वासा (बास)हुंन्छ(हुन्छ)| ई (यी)ति (तिनै)चंन्द्रमाका (चन्द्रमाका) अंसमा (अंशमा) ति सूर्य्य (सूर्य) पनि भोग्ये (भोग) गर्दछन्| तव चंन्द्रमादेखि उप्परमा अग्नि वस्याका (बसेका) छन्| ति अग्नि अगम्वेद कहियाका (कहिएका) हुंन्(हुन्)| चतुर्मुखि व्रह्मा (चतुर्मुखी ब्रह्मा) भनेका तिनै हुंन्(हुन्)| शृष्टि (सृष्टि) सनिसार(संसार) उत्पति प्रलये (प्रलय) गरि (गरी) वृज (वीर्य/बिज) वृधिको (वृद्धिको) र वेद गायेतिृ(गायत्री)|
वेद मंत्र पन्चमुखि चारवेद पंन्चराग (पञ्चराग) यति (यति) दिर्घ (दीर्घ) कर्म पनि तिनै परमात्मारूपि शुन (सुक्ष्म) शक्ति भैरह्याका (भइरहेका) परमेश्‍वार हुंन्(परमेश्‍वर हुन्)| ति परमात्मा कस्ता छंन् (छन्) भन्या (भने) शुन्न्या (शुन्य) सोरूप (स्वरूप) भयाका (भएका) अजप भै (भई) षेलन्या (खेल्ने) स कार्मा (स- कारमा) प्रवेस (प्रवेश) गर्न्या (गर्ने) ह क्वारमा (ह-कारमा) लये हुन्या(लय हुने)| चौध लोकको प्रवेस (प्रवेश) गर्न्या (गर्ने) पनि तिनै निरंजन हुन्|
ति ज्योति सरूपि(स्वरूपी) निरंजन कस्ता छन्भन्या(छन् भने)गगंणधारि (गगनधारी) भैरह्याका (भइरहेका) स्वरूपका रूप पनि तिनै निरंजन्हुन् (निरञ्जन हुन्)| कालदेषि (कालदेखि) अकाल् (अकाल) भैरह्याका (भइरहेका) परमापुरुंस भै (परमपुरुष भई) सुक्ष्म रूपले कालको गौडो काटि अष्ट प्रर्वत्को (पर्वतको) प्रवेस (प्रवेश) गरिरहन्या (गरिरहने) पनि तिनै निरंजन्हुन् (निरञ्जन हुन्)| छपन्नकोटि (छप्पनकोटी) देवताको प्रदछिन (प्रदक्षिणा) गरि (गरी) समेरू (सुमेरु) वरिपरि छिनमा प्रवेस (प्रवेश) गर्न्या (गर्ने) पनि तिनै परमात्मा निरंन्जंसाहेप (निरञ्जन साहेप) हुंन्(हुन्)| हंस रूपले गगंणवासि भै (गगनवासी भई) अचिन्तये (अचिन्त्य) रहन्या (रहने) पनि परआत्मा (परमात्मा) हंसापुरुस्व(हंसपुरुष) भैरह्याका (भइरहेका) तिनै निरंन्जन हुंन्(हुन्)| तिनी निरंन्जन पनि अप्पार (अपार) व्रह्माका (ब्रह्माका) घरको रुप कहियाका हुंन्(कहिएका हुन्)| तिहिसम्मको आवागवन (त्यहीसम्मको आवागमन) भयो भन्या (भने) वैकुठसम्मको (बैकुण्ठसम्मको) वासा हुंन्छ (बास हुन्छ) तव ॐ कार व्रह्मा (ब्रह्मा) भन्याका (भनेका) ति नै हुंन्(हुन्)| सून्या (शुन्य) निराकारमा वस्याका (बसेका) छन्सूय्यका (छन् सूर्यका) जैसा(जस्तो) प्रकास भयाका(भएका) छन्ः सूधृहर.म्फुल(सच्चिदानन्द?) भगवन(भगवान) भन्न्या (भनिने) तिनै ॐ कार व्रह्मा हुंन्(ब्रह्मा हुन्)| ॐ कार व्रह्मासम्मको आवागवन (ब्रह्मासम्मको आवागमन) भयो भन्या (भयो भने) शून्न्या (शुन्य) निराकारको वासा(बास) हुंन्छ(हुन्छ)| सर्व प्रणिजन (सर्व प्राणीजन) कितपतंग (कीट पतङ्ग) पसू पंन्छिः(पशु पक्षी) तृण वृक्षे (वृक्ष) सर्ज़िवः निर्ज़िवमा (सजीव-निर्जीवमा) पनि प्रण (प्राण) पुरुष हंसा भैरह्याका (भइरहेका) ति निरंन्जन हुंन् (हुन्)|
अव ति हंसाका पनि परमहंसा भैरह्याका (भइरहेका) ति ॐ कार व्रह्मा (ब्रह्मा)हुंन्(हुन्)| ति ॐ कार व्रह्माका(ब्रह्माका) मुनि परमहंसा भै (भई) आत्ममा (आत्मामा) वस्याका(बसेका) सद्गुरु (सद्गुरु) भन्याका (भनेका) तिनै हुंन्(हुन्)| ति सत्दगुरु (सद्गुरु) अपारव्रह्माका (अपारब्रह्माका) आत्मा पुरुष हुंन्(हुन्)| तीहिसम्मको (त्यहीँसम्मको) याद् पायामात्रै (पाएमात्रै) निरंन्जन्निरंकार (निरञ्जन निरङ्कार) देषि (देखि) उप्परमा(उपरमा) सात्त्तला(सात तला) उप्परमा (उपरमा) अपारा व्रह्मा (अपार ब्रह्मा) छन्| ताहा जाई (त्यहॉं गएर) वास हुंछन् (बास हुन्छ)| तव अजम्मर हुंन्छ (अजम्बर हुन्छ)| फिरि जन्मनु मोर्नु (मर्नु) पर्दैन| ति जोगांन्तर (योगान्तर) कहियाका (कहिएका) सद्गुरु (सद्गुरु) हुंन्(हुन्)| अव(अब) तिनै ॐ कार व्रह्माका शक्तिले यो जगत्सन्सारः (जगत् संसार) भुमंडल(भूमण्डल) सोर्ग मंतपत्ताल पृथिवि (स्वर्ग मर्त्य पाताल पृथ्वी) सात्पदिप(सप्त द्वीप) ऩवखंड (नव खण्ड) सात समुन्द्र| अषंण्डमन्डलः (अखण्डमण्डल) व्रम्हांड (ब्रह्माण्ड) ईत्त्यादि(इत्यादि) शर्वव्यापित (सर्व व्यापित) गरियाको (गरिएको) येकै (एकै) ॐ कार व्रह्माका शक्तिले भयका (भएका) हुंन्(हुन्)| ईतिश्री पद्मपुराणे श्रीकृस्न(श्रीकृष्ण) मुषरवृन्द (मुखारविन्द) शतगुरु (सद्गुरु) निरंन्जनि (निरञ्जन) अपार व्रह्मा परमात्मा गुरु के वात (बात) कहिया (कहियो) श्रीकृस्नदेवजि (श्रीकृष्णदेवजी) परमात्मा अमृतवानि(अमृतवाणी) सद्गुरु (सद्गुरु) सद्गुरु (सद्गुरु) गोविंन्द गोविंन्द श्रीकृस्न श्रीकृस्न (गोविन्द गोविन्द श्रीकृष्ण श्रीकृष्ण) नमो नम राम राम राम विस्नु लछिमिः (विष्णु लक्ष्मी)| जेदक्षेर पद्भ्रष्ट मात्राहिनंतु येद्भवेत् तत सर्वक्षेमातम देव प्रसिधम् परमेस्वर (यदक्षर पदभ्रष्टं मात्राहीनं च यद्भवेत्| तत्सर्वं क्षम्यतां देव प्रसीद परमेश्‍वर॥ मनजाणं तिम वालषम नजाणंति मुर्खम नजाणंति मनुष्यात मुजानंति परमेस्वर ॐ कार व्रह्मा (नजानामि बालकं न जानामि मूर्खं न जानामि मनुष्यात् नजानामि परमेश्‍वर ॐ कार ब्रह्म||)|
श्री सम्वत १८.९ (शक संवत् १८०९)| १९४४ (विक्रम संवत् १९४४) साल वैसाकावदि (वैशाखवदि)१२दसि (द्वादशी) रोज सतभिषा (शतभिषा) नक्षेत्र (नक्षत्र) गौतमा (गौतम) गोत्र रामनरांक (रामनारायणको) पैलो (पहिलो) पुत्र छविलाल धर्रमांन (धर्मानन्द) दुउतिये (दोस्रो) पुत्र स्यामुलाल (श्यामलाल) तिृतिये(तेस्रो) पुत्र सिलाल (शिवलाल) गनपति(गणपति) गौउतमा (गौतम) गोति (गोत्री) स्यामुलाल (श्यामलाल) भनिसर्ंष (भवानीशङ्कर) दगाल (दङ्गाल) लिषिते (लिखिते) गीतासार्र (गीतासार) सुषिंम (सिक्किम) सावराज्य (साम्राज्य) टिस्टारंफु (टिस्टा रम्फू) जोर्रका (जोडका) भोटं (भोटाङ) भुरु (भुरुङ) गाउ (गाउँ) वस्ने (बस्ने) रामनारायेनका (रामनारयणका) दुतीये (दोस्रो) पुत्र भनिसर्ंष (भवानीशङ्कर) लिषितम्ः (लिखितम्) राम कृस्नु(कृष्ण) विस्नु (विष्णु) लछिमि (लक्ष्मी) दे (देवता) व्रह्मामा भुल चुक माफ गुरु (गर) ॐ कार्र (कार)॥
(गान्तोक , सिक्किम २१ दिसम्बर, २०११ )

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 284
  • 2081 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • बहुत खुब कहिल्छि ।
    1 day 4 hours ago
  • आभार प्रकट गरे
    3 days 3 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    3 days 6 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    3 days 23 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    4 days 2 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    4 days 2 hours ago
  • एकदम सान्दर्भिक
    4 days 6 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    4 days 9 hours ago
  • भुगोल ले नछेकेको माया
    1 week 2 days ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    1 week 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • दुब्ले बाइ (कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • पीडा ! यसै पनि पीडा हो
  • सुन कथा एउटा गीत
  • गोली
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • निदिई दिन
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • कमलाको 'जीवन एक परिक्रमा'
  • सहमतिको विवाह राम्रो
  • दुई मुक्तक (हेर्दा हेर्दै फेरि तिहार)
  • महाविनाश + सर्वनाश
  • बुवाको सम्झना
  • काँडामाथिकै यात्रामा (गजल)
  • सम्पन्न देशको कामना
  • अंग्रेजी नयाँ बर्ष २०२०
  • '' कस्तो हो ! यो मान्छे ?
  • के के हुन्छ के के !
  • प्रेमको पहिलो स्वाद
  • सडक बालक
  • गजल (यस्तै छ जिन्दगी)
  • ‘गोर्खेको साहित्यप्रतिको उदारता र सद्भाव’
  • जातै पिच्छे टुक्रा टुक्रा
  • फेरि एउटा नायक आऊ
  • हिन्दूराष्ट्र हो मेरो
  • खेलौना झैँ गरि खेल्छन
  • तीन हाइकु (वसन्त ऋतु )
  • बुढापा (बृद्धावस्था)
  • तिमी देख्दा रहर होला लागेर आउँछ
  • तिमीलाई जन्मदिनको शुभकामना
  • भाग्यमानी रैछौ सरु (सवाल-जवाफ)
  • जीवन
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित