Skip to content

दुई मुक्तक (दिन्छु, दिनु)

  • by


एक)
झर्नै परे आँखाबाट बरु झरी दिन्छु
तर मायाँ तिमीलाई मुटुभरि दिन्छु
किन खोज्छौ घर जग्ग पेन्सन्पट्टा भन ?
जिन्दगी नै तिम्रो नाम सारी गरी दिन्छु

दुई)
विश्वासको फूल दिएँ सक्थेँ जति दिनु
मैले मात्र एकोहोरो मायाँ कति दिनु
डुब्दैछु म घामसँगै अन्तिम चाहना
तिमी आई चितामाथि दागबत्ती दिनु

Leave a Reply

Your email address will not be published. Required fields are marked *