Skip to content

एउटा लेखकको प्रेम कथा

स्वप्निल एउटा लेखक हो अनि एउटा प्रेमी | उसका हरेक कथाहरु व्यवहारिक हुन्छन | काल्पनिक घटना हरु भन्दा व्यवहारिक कथाहरुलाई उसले कथाको बिषय बनाउछ | सूचना प्रविधिको अधिकतम प्रयोग गर्नेमा उ पर्छ | दिनभरी उ प्रेमिका संग बिताउँछ | छुट्टिएपेअछिको समय एउटा सामाजिक संजालमा भेटिएकी युवती संग बिताउँछ | बास्तवमा सामाजिक संजालमा भेटिएकी त्यो युवती उसको नया उपन्यासकी पात्र हो | त्यो युवती स्वप्निल कि प्रेमिका भन्दा फरक छे | प्रत्येक दिन त्यो युवती ले स्वप्निल्को कथालाई नया मोड दिन्छे | कैले आफ्नो सुख भन्छे कैले दुखको बेली बिस्तार लाउन्छे | स्वप्निल च्याट कि युवती संग बढी समय बिताउन लाग्छ |
च्याट्की साम्राज्ञी एउटी बेश्याकी छोरी हुन्छे | उसलाई राम्रो परिवारले धर्मछोरी बनाएको हुन्छ | उसको प्रेमीलाई यो कुरा थाहा हुदैन | स्वप्निल संगको दैनिक च्याटमा एकदिन उसले आफ्नो प्रेमीले आफुलाई अगाध माया गर्ने गरेको तर यो यथार्थ ले शायद उ टाढीन्छ कि भन्ने आफुलाई डर लाग्ने गरेको बताउछे |साम्रगीसंगको निरन्तरको च्याटले स्वप्निल्ले राम्रो कथा भेटेको छ | उसले त्यसलाई राम्रो संग उपन्यासमा उतारेको छ | उ खुसि छ | आफैमा सन्तुष्ट छ | उसले आफ्नो कथालाई सुखद अन्त्य गर्दै टुंग्याएको छ | साम्राज्ञी को यथार्थ संग उसको अतित जोड्नुको कुनै अर्थ छैन | त्यसमा उसको अपराध पनि छैन | साम्राज्ञीको प्रेम बिछोडमा टुंगियो भने उ प्रति अन्याय हुन्छ | उसले साम्राज्ञीको प्रेमीले उसलाई सहजै स्वीकार गरेको देखाएर उपन्यास टुंग्याएको छ |
सामाजिक संजालमा भेटिएकी एउटी केटि बाट यति राम्रो उपन्यास निस्किएला उसले सोचेको पनि थिएन | | उसको प्रस्तुतिले उपन्यास बास्तवमै शसक्त बनेको थियो | उसलाई बिश्वास थियो यो नया उपन्यासले बजारमा राम्रै ब्यापार गर्छ त्यसैले अलि बढी छपाएको थियो
उसले आफ्नी प्रेमिका को जन्मदिनलाई उपन्यास बिमोचन गर्ने दिन छानेको छ |अनि यो पुस्तक उसैलाई समर्पित गरेको छ |स्वप्निलले आफ्नो पुस्तक बिमोचनमा साम्राज्ञी लाइ पनि निम्तो दिएको छ | उ चाहन्छ उसको उपन्यासमा जस्तै सम्राज्ञी को बास्तविक जीवनमा पनि प्रेम फलोस फुलोस | उसले कार्यक्रममा आफ्नो प्रेमीलाई साथ् ल्याउन सम्रग्यिलाई आग्रह गर्छ |
पुस्तक बिमोचनमा खचाखच भिड छ | उसका पछिल्ला उपन्यासहरुले पनि कम चर्चा पाएका थिएनन | समालोचक हरु अनि पत्रकारहरुको हातमा उपन्यास पुर्याइएको छ |
स्वप्निल आफ्नो उपन्यासलाई बिस्तारमा भन्दै जान्छ | एउटा बेश्याका सन्तानले बिना अपराध भोग्नु पर्ने सजायको तितो यथार्थ भन्छ | समालोचकहरु आ आफ्नो विचार दिन्छन | पत्रकार हरुको प्रश्न गर्ने पालो आउछ |प्रश्न कै क्रम मा एकजनाले सोध्छ बास्तविक जीवनमा एउटी बेश्या पुत्रीलाई हाम्रो समाजले सहजै स्वीकार गर्छ प्रेमीले स्वीकार गर्छ ? स्वप्निलले स्वीकार नगर्नु पर्ने कारण देख्दैन | स्वप्निल्ले सहज हैन तर त्यो पात्र संग बर्षौ को नियमित गफ पछी उसको कुनै अपराध नभएको र आफु त्यो ठाउँमा भए स्वीकार गर्ने सोचमा पुगेकोले मेरो उपन्यास सुखद अन्तमा पुगेको जवाफ दिन्छ | उसले थप्दै भन्छ आज मैले ति दुवै प्रेमी प्रेमिकालाई यो कार्यक्रममा निम्त्याएको छु | मलाई बिश्वास छ ति प्रेमीले साम्राज्ञी लै स्वीकार गर्ने छन् अनि तिनको विवाहको सम्पूर्ण खर्च मेरो बिक्रि हुने पुस्तक बाट गरिने छ | स्वप्निल को कुराले कार्यक्रम हलमा तालीको लामो आवाज सुनिन्छ | स्वप्निल ले माइक बाटै साम्राज्ञी लाइ प्रेमिका साथ मन्चमा आउन आग्रह गर्छ | कार्यक्रम हल भित्रका सबै आफ्नो आँखा घुमाउछ्न | स्वप्निल कि प्रेमिका कुर्सि बाट उठ्छे र मंचमा जान्छे | स्वप्निल उसलाई एकोहोरो हेरिरहन्छ

एउटा लेखकको प्रेम कथा

Leave a Reply

Your email address will not be published. Required fields are marked *