बग्दा बग्दै अडिएकी, मझधारको डुङ्गा हुँ
यस्तो वचन लायौ सानु, मानौ म त ढुङ्गा हुँ
मेरो पनि मुटु छ नि, चल्छ बरु सुस्त सुस्त
देखिंदैन बलेको यो, जल्छ बरु सुस्त सुस्त
बिर्स्यौ क्यारे म पनि, फूलको एउटा थुङ्गा हुँ
यस्तो वचन लायौ सानु, मानौ म त ढुङ्गा हुँ
छैन होला मसँग, हिरा मोती सुन चाँदी
मात्र एउटा इज्जत छ, राखेकी छु मन्ले बाँधी
तिम्ले सम्झ्यौ बजारमा, सजाउने मुङ्गा हुँ
यस्तो वचन लायौ सानु, मानौ म त ढुङ्गा हुँ
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं
srijana ma dherai bage pani
srijana ma dherai bage pani yes ko dovan navetine hunale nirantar bagirahanus. tapain bagna chhade tapainka srijana pani bagna chhadne 6an, nirantar bagirahanus, katai naadkinus.