Skip to content

तर्की तर्की जैले देखि उनले छोडिन् मलाई चिन्न
कसम खाइ मैले छाडेँ उनको घरको बाटो हिन्न

सागरसरी मेरो माया कुवा भन्दा तुच्छ तिम्लाई
धनैलाई प्रिती ठान्यौ थाल अब माया किन्न

माया भन्नु झेल रैछ हाटबजारी खेल रैछ
बाचा गरेँ कसैलाई नी अब मन मुटु दिन्न

माना माया पैँचो लिदा मुरी गनी तिर्नुपर्ने
बरु माया बिनै मर्छु रत्ती माया कोइ को लिन्न

एक्लै जन्मे एक्लै मर्छु बैतरणी एक्लै तर्छु
एक्लोसरो जीवन जिउछु अरु भन्दा केही भिन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *