Skip to content

मैले जून हराए


म खोज्दै छु,
कतै हराएर
मेरो आँखाको जूनलाई !

मैले मेरै आकाशको
खेतमा जून छरेको थिए ।
त्यही जून ठुलो फक्रेको थियो,
उहिलै उहिलै ।

क्रमिक घट्दै थियो जून !
दिन दिन सानो सानो
आकार लिदै थियो ।
मलाई लाग्थ्यो
जून ! यसरी नै नबडेर
घट्दै गयो भने
एक दिन
मबाट हराउन नि सक्छ ।

साचै जून हरायो,
र,
छाडेर गयो
अध्यारो औशी ।
आज म,
त्यही अध्यारो औशीको रातमा,
फुल मोन
अर्थात
पुर्णिमाको जून खोज्दै छु ।
सायद्,
मैले जून खोज्न
ढिलो गरी सके हुंला ?
लाग्छ..
जिबनमा एउटा जून
गुम्यो मबाट ।
त्यो जून साचै उज्यालो थियो ।
त्यो जूनसँग जिबन उस्तै उज्यालो थियो ।
जून !
गुम्यो मबाट ।

२४ अगस्ट २०१२
बिरानो देशबाट

First published in Majheri at : 2012-08-25 22:02:36 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *