Skip to content

आँखा जुध्याजुध्यै भयो


आँखा जुध्याजुध्यै भयो हटाउन गाह्रो भो
पुरै रात कोल्टे फेर्दै कटाउन गाह्रो भो

मुटु चल्यो नशा चल्यो जताततै असर
गति बढ्याबढ्यै भयो घटाउन गाह्रो भो

बगिरह्यो माया उर्ली आफ्नै विचार भित्र
यसो छोई मुटु खोस्री पटाउन गाह्रो भो

हिँडिरहेँ माया बोकी अँजुली मेरो भरि
जति जुक्ति गरे पनि चटाउन गाह्रो भो

कति कुरो मनभरि अड्किगो कण्ठमा
सन्के पनि रन्के पनि छटाउन गाह्रो भो

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *