मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मैले नुर अलिको म्यासेजलाई पुरापुर बेवास्था गरेको थिएँ । तर उसले आफ्नो घर सप्तरी बताएपछि मात्र रेस्पोन्स गरेको थिएँ । म्यासेञ्जरमा तिलाठी घर बताएथ्यो नुर अलिले । ऊ नर्थ सान एन्टोनियोमा बस्दो रहेछ । म साउथमा । यो सुनेर ऊ निकै खुसी भयो । मलाई भेट्न निकै जिद्दी गर्यो । उसले यसरी जिद्दी गर्यो मानौ म कुनै मिथिला मुलुकमा आतिथ्य ग्रहण गर्दै छु । जिद्दीमा शौहाद्र्रता थियो, कृत्रिमता थिएन ।

दुई मुक्तक (कोरोना)
editor — Sun, 11/22/2020 - 14:16
१)
यसपाली भेट हुन दिदी देन कोरोनाले
धेरै खायो तर विश्राम लेन कोरोनाले
मान्छे साँच्चै मान्छेजस्तै बनिदेको भए
लाग्छ यति उग्र रुप लिन्थेन कोरोनाले
- Add new comment
- Read more
- 86 reads

हार्दिक श्रद्धाञ्जली कविवर !
editor — Sun, 11/22/2020 - 14:11
प्रकृति काख जन्मियौ नाम माधव भनेर
ती गौरीशङ्कर द्रौपदीदेवी सुपुत्र बनेर
लम्जुङे डाँडा पुस्तुन गाउँ अति नै सुन्दर
बितेको थियो त्यो बालापन हुर्केर त्यै घर
- Add new comment
- Read more
- 124 reads

स्वर्ग यो देश हाम्रो
editor — Sun, 11/22/2020 - 14:07
शिर मुकुट हीराको विश्वको ताज राम्रो
प्रकृतिज ढुकुटी यो रत्न सौभाग्य हाम्रो
अतुल जल अनेकौँ रूपमा जेलिएका
प्रकटित जलधारा निर्झरी हेलिएका ॥१॥
ऋषि मुनि तप सिद्घा साधिने देवदेश
बन चउर बुटी औ जीव पन्छी प्रदेश
न कलुषित छ हावा रम्य हाम्रो धरामा
मनुज प्रथम वस्ने शैलका कन्दरामा ॥२॥
- Add new comment
- Read more
- 61 reads

ललका बेल्ट (मैथिली कथा)
editor — Sun, 11/22/2020 - 14:02
~माए गै ! हमहूँ हटिया जेबै !
~से किया रे ? नइँ जो, साँझ पैड गेलै, दोसर दिन जाइहें । हे तोराल' हम जलखै नने एबौ, फोँफी सोहो नन' लएबौ ।
~नइँ जोऽऽ, हम जेबेऽ करबै । नाइँ, नाइँ, नाइँ..... । (काइनते काइनते)
~ मर, नै कान न' रे । आब कि करबै ? कमलपुर बाली हमरा खातिर रूकल हेतै । ले,ले चल चुप हो, चल । पहिलैये लेट भ' गेलै ।
- Add new comment
- Read more
- 139 reads

हण्डर र ठक्कर
editor — Sun, 11/22/2020 - 13:49
हामी हण्डर र ठक्कर खाएर चिउरा भइसक्यौँ । तिमी भने दिनानुदिन टुसाउँछौ । हामी अँझ चाम्रँदै होचिन्छौँ । तिमी भने उम्रेर झ्यागिन्छौ । तिम्रो बुद्धि पलाइरहेझैं छ । हाम्रो शुद्धि हराइरहेझैं छ । अरू बेला हप्काउँछौ; थर्काउँछौ; त्यत्तिले नपुगे तर्साउँछौ । तर, चुनावमा भने हाम्रो छाप लिन गुलिया आश्वासन वितरण गर्छौ । तिम्रो आश्वासनमा विश्वास गरी हामी मख्ख हुन्छौँ । र, अन्तिम पटक भन्दै आफ्नो नागरिक अधिकार तिम्रा नाममा हवाला गर्दिन्छौँ ।
- Add new comment
- Read more
- 79 reads

सरकार
जनतालाई हुकुम तामेल गर्छ
सधैँ मिठोमसिनो र तागतिलो खानु
जनतालाई
यहाँ सास अड्याउनै मुस्किल छ
त्यो झोलिलो मोलिलो
र तागतिलो सरकारले नै खानु
- Add new comment
- Read more
- 67 reads

विनेसाम नेपाल शाखाले मनायो लक्ष्मीजयन्ती
editor — Sun, 11/22/2020 - 13:17
लक्ष्मीप्रसाद देवकोटाका ११२ औं जन्म जयन्तीको अवसरमा लक्ष्मीपूजाको विशेष दिनमा भर्चुअल माध्यमबाट रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ।
कोरोनाले विश्वभर महामारी रुप लिइरहेको विषम परिस्थितिमा लामो समयपछि अनलाइनको माध्यमद्वारा साहित्यिक क्षेत्रमा देवकोटाले पुर्याएको योगदानको स्मरण गर्न आयोजित कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका साहित्यकार तथा सदस्यहरुले लक्ष्मीप्रसाद देवकोटाको बारेमा चित्रण गरिएका विभिन्न गीत, कविता, गजल, मुक्तक जस्ता रचना वाचन गरेका थिए।
- Add new comment
- Read more
- 52 reads

मेरो देशमा दीपावली छ
editor — Sun, 11/22/2020 - 13:02
बिन्ती आज मेरो यो छातीमा बन्दुक नपड्काऊ
मेरो देशमा दीपावली छ
बरु आऊ तिमी पनि मेरी बहिनीको टीका लगाऊ
मेरो देशमा दीपावली छ
दाजुहरू हातमाहतियार र गर्धनमा गन बोकेर भन्छन (२)
भाइ भारतका गान्दी बोलाऊ
र यो देशका बुद्धहरुलाई जगाऊ
बरु आऊ तिमी पनि मेरी बहिनीको टीका लगाऊ
मेरो देशमा दीपावली छ
- Add new comment
- Read more
- 62 reads

गाउँको सम्झना
Dahal — Thu, 11/19/2020 - 18:19
मझिन्थोक बस्ती बसेरा र टारी
उकाली तरेली बगैंचा र बारी ।
सखारै छिमेकी मिलेरै जुटिन्थ्यो
यथाशक्ति जोतेर डल्ला चुटिन्थ्यो ।।
उज्यालो नझर्दै सकिन्थ्यो भकारो
अलौटा मकैले मजैले डकार्यो।
सबै याद आई परेली भिजायो
पुराना कुराले कलेजी बिझायो ।।
- 2 comments
- Read more
- 283 reads

मन
Padam.Basnet — Wed, 11/18/2020 - 01:01
केही बदलिन खोज्छ जिन्दगी
मन बदलिदैन
कहिलेकाहीं आबेग र
आवेशमा चल्छ जिन्दगी
मन पग्लिदैन
केही नयाँ पलाउँछ मनमा
- 2 comments
- Read more
- 119 reads

विदेशमा गाउँघर र तिहार सम्झदै
editor — Sun, 11/15/2020 - 18:42
विदेशमा बसेर
म पहाड सम्झदै छु,
पहाडसँगै चाडबाड र
ढकमक्क फुलेका
सयपत्री र मखमली सम्झदै छु,
लिङ्गेपिङ सम्झदै छु,
लिङ्गेपिङसँगै
तिहार र भाइटीका सम्झँदैछु ।
- Add new comment
- Read more
- 85 reads

सुत्केरी हुँदा अत्यधिक रक्तश्राव भएर बेहोस भएकी भुजेल्नी पुत्रिरत्नको मुखै नदेखी भगवानकी प्यारी हुन पुग्छिन् । एकातिर पत्नी वियोगले बिक्षिप्त बनेको भुजेल माहिलो लासको छेउमा बसेर फुटीफुटी रुन्छ भने अर्कातिर मातृवियोगले तड्पिरहेको पाँच वर्षे यम लडिबुडी गर्दै चिच्याउन थाल्छ । बुहारीको अकालमै ज्यान गएकाले बुढी सासू पनि भक्कानिदै रुन्छिन् ।
- Add new comment
- Read more
- 92 reads

विद्रोहको रात
Biju Subedi — Sat, 11/14/2020 - 21:57
आज धर्ती दुख्यो । माटो दुख्यो । बैरी हावाको कुत्सित मनसायले आफ्नो अधिकार ! अधिकार ! भनी भजाएर साम्प्रदायिकता हुल्याइरहेछन् । स्वाभिमान भनी मनको टुटुल्को उठ्ने गरी गिजोलिरहेछन् । सबैलाई एकजुट हुन दिन उनीहरु कहिल्यै चाहँदैनन् । चेतनाको प्रवाहलाई विजोग बनाउनु नै शासकहरुको रणनीति भइरहेको छ । कहिल्यै भाषिक अधिकार भनेर जनाताहरु विभाजित हुन्छन् अनि त उनीहरु दङ्ग हुन्छन् । त्यस्तै कहिल्यै प्रादेशिक अधिकार भन्दा पनि उनीहरु झन् दङ्ग हुन्छन् ।
- Add new comment
- Read more
- 372 reads

मेरा निराशाहरु
Hari Thapa — Mon, 11/09/2020 - 20:35
.....र त त्यो त्यसै आकाशमा मडारिंदै थियो
घनिभुत अन्धकारमय
अनि त्यो अत्याश लाग्दो
उचालेका पाइलाहरू त्यसै रोकिदैथिए
किन ? अनुत्तरित मौन विचार
मछौटेको जाल झै फनफनी घुमिरहेका
हारजीत अनि उत्सवका चित्कारहरू
- Add new comment
- Read more
- 114 reads


सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- मिथिलाक किसान
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- विद्यार्थी हुँ म
- कोरोना भाइरस
- जन्मदिनको शुभकामना
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- शुभ दिन बिहानीको
- जन्मदिनको शुभकामना तिमीलाई
- महलकी रानी
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- पुराना कुरा
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- गजल ( बिर्सिएको छैन आमा )
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- यसै गरी मिलोस तिम्रो माया
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- सन्त कवि ज्ञानदिल दास
Last viewed:
- बिस्वाश गर या नगर!
- मेरो प्यारो मान्छे तिमी
- मृत्यु बेचेर डगरमा
- जल्दै जाऊ
- बाध्यता
- हे सखी ! आभासनै नपाई ती हातहरू छुटेछन्
- तीन मुक्तक (सुनमा सुगन्ध)
- उँट र स्याल
- दीप्सको 'आगो'को लप्कासँग खेल्ने आँट
- खहरेको भेल-रहेछ
- चकित जनता
- राजधानीमा चुणामणि सर
- मेरो प्रेम कहानी
- चारिटा मैथिली हाइकु - १५ (धानक शीश)
- बात, बात, बात
- म भुलुँ कसरी
- दिल बहलायौ मोती
- आनन्दको अनुभुति (अनूदित लघुकथा)
- दुई मुक्तक (म जलेपछि मात्र)
- हो यस्तै छ यसपालीको कविता .....
- ऐठन
- नयाँ नेपाल
- मेरा नामका अक्षरहरु कागजमा कोरीकोरी
- गजल (मेरो हासो तिमीलाई)
- देशको परिभाषा
- एउटा जुवाडेको कथा
- टंगला ली से लसिनम
- बैशालु जवानिले शहर किनिदिन्छु
- नारी विद्रोहका कविताहरू
- जति हेरे नि हेरौ हेरौ लाग्ने मोरी कस्ती काली
नयाँ प्रतिकृयाहरू
1 day 7 hours ago
2 days 2 hours ago
5 days 2 hours ago
1 week 1 hour ago
1 week 3 hours ago
1 week 20 hours ago
1 week 23 hours ago
1 week 23 hours ago
1 week 1 day ago
1 week 1 day ago