हरिहर दाहाल
असहमति
Submitted by kbs on Thu, 02/25/2010 - 22:54बैठक ठीक १० बजे शुरु भयो। प्रवासी समाजका प्रतिष्ठित भद्र पुरुष तथा महिलाहरूको सहभागिता रहेको त्यस सम्मानित उपस्थितिले प्रवासमा रहेका नेपालीहरूलाई संगठित गर्न एउटा छाता संगठन नभै नहुने कुरामा जोड दिए। यस अपरिहार्य आवश्यकतालाई थाँती नराख्न अनुरोध गरियो। तुरुन्त संस्थाको नाम जुराइयो।
खुशी मात्र बाँड्नुस् अब
Submitted by kbs on Thu, 02/25/2010 - 22:33खुशी मात्र बाँड्नुस् अब ब्यथा बिष आफै पिउनुस्
घाँउ दुखे मुस्कुराउनुस् अभाबको जीवन जिउनुस्
प्रतिकुल छ जमाना यो ब्यथा सुन्ने कोही छैनन
धोका चोट थपिंदै जाउन् शरीर हड्डी आँफै ख्याँउनुस्
क्षतिपूर्ति
Submitted by kbs on Sun, 02/21/2010 - 23:56उजेली भक्कानो छोडेर रोई। मुटु पिटीपिटी रोई। सपनाहरू गर्ल्याम्गुर्लुम ढलेर आँफैलाई किचेझैं लाग्यो उसलाई। विवाह भएको तीन महिना बित्न नपाउदै कमाउन गएका श्रीमानको मृत्युको खबर कति हृदय बिदारक भयो होला, त्यो उजेलीलाई मात्र थाहा छ। श्रीमानलाई गर्भवती भएको खबर पनि सुनाउन नपाउदै मृत्युको समाचार पठाउने निर्दयी दैबलाई धारे हात लाएर सरापी। आँसु नसकुन्जेल रोई ऊ| आफन्त, छरछिमेक र गाँउले पनि रोए।
समाजसेवा
Submitted by kbs on Mon, 02/08/2010 - 23:15ऊ नम्रतामा विश्वाश गर्छ। सबैलाई झुकेर नमस्कार गर्नु उसको बानी हो। समयले भ्याएसम्म र क्षमताले पुगेसम्म मानबिय आपद-बिपदका अबसरमा चन्दा दिन्छ। सकेजति सबैलाई सहयोगको हात बढाउछ। कसैलाई हुन्न र गर्दिन नभन्नु उसको कमजोरी हो। भ्याए र सकेजति गर्छ पनि। मेलमिलाप र सद्भाबमा विश्वाश गर्छ। आफुले सहेर अरुलाई हँसाउनुमा ऊ रमाउँछ।
सीमाना कटाउने बेला हो यो
Submitted by kbs on Fri, 01/01/2010 - 15:00गाउँ, शहर र बस्तीहरू
अनाधिकृत रुपमा मिचिएको बेला हो यो।
बुद्धि नभएका स्वाँठ भुसतिघ्रेहरूबाट
निर्बलहरू किचिएको बेला हो यो।
भोक र मृत्यु
Submitted by kbs on Thu, 11/19/2009 - 22:52मैले उनीहरूलाई भात माँगें-
उनीहरूले मलाई भात र बन्दुक दिए
मैले पेट्भरि भात खाएँ र बन्दुक पड्काएँ |
प्रभु, मलाई बचाउनु होस्!
Submitted by kbs on Thu, 11/12/2009 - 22:45घरमा सधैं तनाब हुन्छ। कोलाहल र चिच्याहटमा रात बिताउनु पर्छ। दिनदिनै आमा र बाका बिचमा हुने झै-झगडा, कुटाकुट, लुछाचुडी र भनाभनले मेरो टाउको दुख्छ। बा र आमा बिचमा हुने संबाद सुन्दा र व्यबहार हेर्दा यस्तो लाग्छ कि वहाँहरू दुबै जनालाई अहिल्यै मानसिक अस्पताल लगिहालौं।
अब आफैं अघि बढ्ने पो हो कि!
Submitted by kbs on Mon, 10/26/2009 - 22:06फूल फुलाउनेहरू बोट निमोठ्छन्
फल फलाउनेहरू हाँगा भाँच्छन्
बाली रोप्नेहरू जोत्दैनन्
खन्नेहरू खन्दैनन्
औजार हुनेहरू किन आफैं अघि सर्दैनन् ?
अब आफैं जोत्ने पो हो कि!
थाम्नेहरू हात छोडिदिन्छन्
होसियार! सिङले उनेर मार्लान् गाईहरुले।
Submitted by kbs on Sat, 10/24/2009 - 11:51डाँगाहरू फुकेछन् गोठबाट
दाम्ला चुँडाएछन
बारेका चित्राहरू सखाप पारेछन् उनेर
आफू आफू लडेछन
सिंङ् भाँचेछन् गोरुहरूले
रक्ताम्मे भएछन् जुधेर गोरुहरू
गोरुहरू छाडा भएछन् फुकेर
जतिसुकै कुरुप भए पनि आखिर आफ्नै आमा हुन
Submitted by kbs on Sat, 09/26/2009 - 16:32अनुभुतिको एउटा क्षण
"जतिसुकै कुरुप भए पनि आखिर आफ्नै आमा हुन"
दसैं, ब्याज र नरपिसाचहरू
Submitted by kbs on Sat, 09/19/2009 - 12:38बालीनालीहरू थन्क्याउन थाले होलान गाउँघरतिर
मकैका थाङ्राहरूले बारीका पाटाहरू सजिएका हुनन्
सुने,
काकी बितेर जुठो परेछ ठुलाघरेहरूलाई,
मेरो समबेदना सुनाइदिनु ।
सहयोग
Submitted by kbs on Sat, 09/12/2009 - 10:39टेलिफोनमा उसले रुन्चे स्वरमा मलाई आश्रयको लागि अनुरोध गर्यो।मैले सम्झाउने कोशिस गर्दै भनें- "साना-तिना झगडा र मनमुटाबका कारण घर छोड्नु हुदैन। बिबाद, भनाभन, छेडछाड भनेका मायालाई अँझ दर्हो बनाउने संयन्त्र हुन्। गहिरो सम्बन्ध, माया र आत्मीयता भएका मान्छेसँग मात्र बढी दु:खमनाउ हुन्छ, मन कुँडिन्छ र झगडा गरिन्छ। त्यस्ता प्रकृतिका उतार- चढाबले संबन्धलाई अझ परिमार्जित गर्ने काम गर्छ। सतही रुपमा सम्बन्ध भएका मान्छेसँग कहिल्यै पनि बिबाद हुदैन। औपचारिकता मात्र पुरा गरिन्छ, मन दुखे पनि भित्र भित्रै दबाईन्छ।"
भविष्य
Submitted by kbs on Thu, 04/23/2009 - 21:19मैले भीरपाखा र भन्ज्याँङहरूलाई सोधें
कतै "भविष्य"लाई देख्यौ कि?
भक्कानो छोडेर रुदै उनीहरूले भने
बम र बारुद बनेर आकाशमा उँड्दै होला|
सम्झनामा आमाहरु
Submitted by kbs on Sat, 04/18/2009 - 01:24मैले आमा को आबाज भुल्न थालेको छु
मैले आफ्नै आमालाई पिरोल्न थालेको छु
आमा सँग लुट्पुटिदाका स्मृतिहरु
दिन दिनै क्षिण हुँदै जाँदै छन|
नयाँ वर्षमा यस्तो होस्
Submitted by kbs on Fri, 04/17/2009 - 07:01अन्यायका विरुद्ध बुलन्द आवाजहरु चर्किऊन्
गरीब र असक्तहरुका आशा फर्किऊन्
भात्किएका संरचनाहरु बन्न सुरु गरुन्
सामन्तवाद र तानाशाही सबै मरुन्
