मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
सामाजिक कथा
संघर्षका पाइलाहरू
ks — Wed, 05/16/2012 - 22:37
कुनै समय सडकको किनारमा पंक्ति बद्ध भएर उभिएका राता, सेता र निला शिरिषका फूलहरू फुलेकोले मनमोहक दृश्य देखिन्थ्यो त कुनै समय तिनै फूलहरू पातसँगै झरेर सारै नै उराठ लाग्दो देखिन्थ्यो । यसरी नै कुनै रात पारिजात र रातकी रानी फूलहरूको मग मग बसना चल्थ्यो भने कुनै रात झुपडीहरूबाट दर्दनाक चित्कार सुनिन्थ्यो । दुई चार जना भेला भएर कुरा गर्न र कुनै सामाजिक कार्य पनि गर्न नसकिने अबस्था हुँदै गैरहेको थियो ।
आडम्बरले जन्माएको दुर्दशा
Tika Kharel Subedi — Sat, 05/05/2012 - 02:33
दिन त्यसै-त्यसै धुम्मिएको छ । घामको मुख नदेखेको पनि चार-पाँच दिन भैसक्यो । निःसार हुस्सु चारैतिर मडारिरहेको छ । चराचुरुङ्गीहरू कुहिरोभित्र अन्योलमा परेझैं यताउता भौतारिरहेका छन् । चारुको जोहो गर्न पनि सकिरहेका छैनन् बिचराहरू ! शीतले लपक्क भिजेकी पृथ्वीमाता सेतै फुलेकी बुढिया जस्तै आफ्नो आङको पछ्यौरीमा नै गुटमुटिएको झैं देखिन्छिन् । विचरी प्रकृति हुस्सुको घुम्टोभित्र शीतको धारा चुहाउँदै बिहान पनि अबेरसम्म अँध्यारी भएर रोइरहन्छिन् । चिसोले कठ्याङ्ग्रिएको उनको शरीर चिसो सिरेटोले सिरिङ-सिरिङ बनाउँदा काँडानै उम्रन्छ ।
सामाजिक कथा "कहाँको बोक्सी हुनु?.!"
atript — Thu, 04/26/2012 - 03:17
आफु जन्मी खेली हुर्किएको बाग झैं लाग्ने ति बस्ति आज जिबनको उतार्दामा मसानघाटको आकृतिमा आफ्नै नजर सामु मुस्कुराई रहेको आभाष लाग्छ |खै कसरि ब्यक्त गरौँ यी समाज र ढडेन झैं लाग्ने मेरो मनको कथा व्यथा | हो साँच्चै कुनै ढडेन भन्दा कम छैन मेरो मन भनौ जिबन | जहाँ कुनै फूलहरु मुस्कुराउँदैन| तर.तर सबै भोग्न,हेर्न अनि बाँच्न बिबश छु |
नेता (कथा)
Biju Subedi — Tue, 04/17/2012 - 00:11
शीरध्वजले गाउँमै पढेरै पनि एस. एल. सी.मा बोर्ड टप गरेको थियो । अनि ऊ काठमाण्डौं शहर आयो । शीरचन्द्रले पनि गाउँबाटै एस. एल. सी.मा राम्रो अङ्क ल्याएर पास गरेको थियो । अनि काठमाण्डौंमा पढ्नका लागि काठमाण्डौंको नजिक भक्तपुरमा कोठा लिएर बसेको थियो । त्यस्तै सूर्यशङ्करले पनि गाउँबाट एस. एल.सी.मा राम्रो अङ्क ल्याइ उत्तीर्ण गरेपछि काठमाण्डौं नजिक ललितपुरमा कोठा लिएर आफ्नो पढाइ सुचारु गरिरहेको थियो ।
निस्वार्थ त्याग (कथा)
ks — Sun, 04/15/2012 - 18:14
"एका बिहानै उठेर अब फेरि गाउँ चहार्ने बेला भो हैन तेरो यसो घरमा बसे र! केही सघाए पनि त हुन्थ्यो नि खै के भन्नु र! यस्तासँग यसो आँफै जानेर देखेर काम गरे नि त हुने नि सानो भए पो कति अराउनु !" - भगिराजकी आमाले गनगन गर्दै थिइन ।
"भर्खर गाई-बस्तु पाखा लाएँ अब के गर्नु परो सबै काम सकें त हौ कति कराएको ?" यति भनेर भागिराज उम्कन खोज्दै थियो ।
पश्चतापको आहालमा डुब्दैछ शेरे (कथा)
atript — Sat, 04/07/2012 - 22:52
एकाबिहानै शेरे कागजको कपमा कफी पिउँदै कल्पनाको सागरमा डुबुल्की मार्दैछ । । वरिपरि गगनचुम्बी महलहरू (टावरहरू) बिचको ६५ तले टावरको ग्राउण्ड फ्लोरमा गल्फ कम्पनीको एउटा क्यापेट एरियामा ऊ सोच मग्न छ। कहिले कफीको सुर्की लिन्छ कहिले निक्कै बेर सोचमा डुबिरहन्छ । शायद ऊ हिजो हिडेकोबाटोहरू अनि हिंड्दै जाँदा पुगेका दोबाटो, चौबाटो, घुम्ती र कुइनेटोमा ठोकिएका पलहरूले झस्किदै छ र त क्षण क्षणमै सोच भङ्ग गर्दै त्यसको झोकमा कफीको सुर्की कसेर तान्छ। नझस्किनु पनि कसरी ? घरदेश छाडेर प्रदशको यो मरुभूमि, बालुवाको खानीमा पाइला टेकेको पनि १० औं वर्षा बितिसकेछ ।
विचरा सेते
ks — Sat, 04/07/2012 - 22:28
फूर्तिलो जीउ, ५ फिट ३ इन्च उचाइ, चौडा छाती, चम्किला आँखा, गोलो अनुहार र टम्म मिलेको शरीर।
आफन्तको खोजी (कथा)
ks — Sat, 04/07/2012 - 14:05
दलवीरले निरासाले भरिएको लामो सास तान्दै भूईंबाट एक अन्जुली माटो उठाएर आफ्नी आमाको चिहानमाथि खन्यायो । आँखाबाट आँसुका धारा बगाउँदै “तिम्रो आत्माले परमेश्वरको बास पाओस्, जीवित हुदा केही गर्न सकिन” भन्दै निकैबेर घुक्का छोड्यो । आफ्नी मरेकी आमालाई सम्झेर त रोयो नै, त्यो भन्दा बढी उसलाई वरिपरीको वातावरणले अझ धेरै भावुक बनाएको थियो । त्यो ठाउ र पखेरा सबै उस्तै उस्तै थिए । जंगल अलिक पातलिएछ, दश पन्ध्र जति मसिना झूप्रा घरहरू थपिएछन् ।
बाउन्न घुस्सा त्रिपन्न ठक्कर
ks — Sun, 04/01/2012 - 22:10
जागिर खाएको बीस वर्ष भैसकेर पनि राजधानीमा न एउटा छाप्रो बनाउन सकियो न गोडा दुई आनाको भए नि घडेरी जोर्न सकियो ।
हीरा साहू र दन्तलाल वकिल
ks — Sun, 04/01/2012 - 17:29
मैले बर्सौदेखि निहाली रहेको छु, त्यो गल्लीका मानिसहरू उस्तै छन् । पुरानो गल्ली, सबै संरचना उस्तै । घरहरूको बनावट उस्तै, मान्छेको जीवन स्तर उस्तै ।
ज्यापू बस्तीका मान्छेहरू केही मरेर गए, केही बिहेवारी गरी गए । बिहे गरी जाने र स्वर्गतिर उकालो लाग्ने जतिकै संख्यामा जन्मिएका पनि छन् । तर तीस वर्ष अगाडिको परिवेश र अहिलेको परिवेशमा केही अन्तर छैन ।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- म एक पात्र हुँ
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- स्रष्टाको आन्दोलन मुखर हुनु जरूरी छ - हरिगोविन्द लुइँटेल
- ईश्वरले मलाई रङ्गकर्मकै लागि पठाइदिएको हुनसक्छ
- टुक्रा-टुक्रा भयो देश
- रूपान्तरण
- बगैचामा माली छैन
- नाट्यसम्राट् बालकृष्ण सम
- मैले बाआमा त्यागेर रोजेको
- बाँदरहरू खेती गर्दैनन्
- गुलाबी फ़्रक
- शान्ति क्षेत्र - नेपाल
- सुनैसुनको नगरी
- जन्मेर कोखमा कसैको
- नेपाली भाषाप्रति विद्यार्थीहरूको घट्दो आकर्षण
- भैंसी र मान्छे
- शहर'यात्रा
- म ढलें बेहोसमा ढलें
- गोनु झा
- डिजिटल चमकभित्र
- मेरो जीवनबाट जाने भए जाऊ
- आध्यात्मिक चिन्तनको प्रभाव

नयाँ प्रतिकृयाहरू
23 hours 36 sec ago
2 days 4 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 18 hours ago
5 days 19 hours ago
5 days 23 hours ago
6 days 21 hours ago
6 days 22 hours ago